Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, माघ ०३, २०८२
☰
Logo शनिबार, माघ ०३, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

भ्याली स्टेट कलेजमा वित्तीय साक्षरता तथा आईटी सचेतना कार्यक्रम आयोजना हुँदै

लक्ष्मीवैकुण्ठनाथ मन्दिर एवम् गुरुकुलको साधारण सभा तथा अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • २. चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

  • ३. भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

  • ४. चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

  • ५. त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

  • ६. नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

  • ७. चितवन कोरिया पुनर्मिलन समाजको अध्यक्षमा दिल कुमार श्रेष्ठ (फोटोफिचर)

  • ८. भारतको हिमाचलमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकै गाउँका ९ नेपालीको मृत्यु

  • ९. सिमलताल तल त्रिशूली किनारमा बसजस्तो देखिने धातु फेला, यकिन गर्न प्रहरी परिचालन

  • १०. बालेनले माघ ५ गते राजीनामा दिने, चुनावी तयारीका लागि झापा जाने

संसद्‍मा नागरिकता बहस : कसले के भने ?

काठमाडौं ,असार ३०,-

हजारौँ जनताले नागरिकता प्राप्त गर्न नसक्दा उनीहरू राज्यले उपलब्ध गराउने विभिन्न सेवाबाट वञ्चित हुनुपरेको भन्दै प्रतिनिधिसभाका सांसदले विधेयक तत्काल पारित गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनीहरूले नागरिकता नपाएका युवाको समस्यालाई गम्भीरताका साथ बुझ्न आग्रह गरेका हुन् ।

सांसद कृष्णभक्त पोखरेलले जन्मसिद्धका आधारमा नागरिकता पाउने कुरा निर्विवाद रहेको तर अहिले जन्मसिद्धको आधारमा कयौँ नेपालीले नागरिकता पाउन नसकेको बताए । वंशीय आधार र लैङ्गिक पहिचान दिने भन्ने संविधानमा उल्लेख रहेको कुरा काट्ने अधिकार कसले दियो भन्दै उनले प्रश्न गरे । विदेशी महिला विवाह गरेर आएकाको हकमा आउनेवित्तिकै नागरिकता दिने व्यवस्था कहीँ पनि नभएको उल्लेख गर्दै उनले यस विषयमा गम्भीर छलफलको आवश्यकता औँल्याए ।

सांसद पद्माकुमारी अर्यालले विगतको विधेयक परिमार्जन गर्नुपर्ने भए परिमार्जन गरेर अघि बढ्नुपर्नेमा त्यसलाई फिर्ता गरेर नयाँ विधेयक ल्याउनु गलत भएको बताइन् । सांसद दिव्यमणिराज भण्डारीले गैरआवासीय नेपालीले नागरिकता पाउँछ भने उनीहरूको अधिकारका बारेमा प्रष्ट व्यवस्था हुन जरुरी रहेको बताए ।

सांसद सूर्यप्रसाद पाठकले संविधानबमोजिम यो काम धेरै पहिला गर्नुपर्नेमा ढिलै भए पनि आएको बताए । उनले विवाह भएर आएको महिलाले सात वर्षपछि अङ्गीकृत नागरिकता दिने गरी समृद्ध बनाएको विधेयक यसलाई हटाइएको आरोप लगाए ।

सांसद गङ्गा चौधरीले अङ्गीकृत नागरिकताका सम्बन्धमा अघिल्लो विधेयकमा राखिएका सात वर्षे प्रावधान प्रस्तुत विधेयकमा किन झिकियो भनी प्रश्न गरिन् । सांसद विमला विश्वकर्माले नागरिकता नपाउँदाको समस्या कस्तो छ भन्ने विषयमा सरकार संवेदनशील हुन नसकेको बताइन् । नेपाली छोरीको विषयमा विभेद गरिएको उनले बताइन् ।

सांसद लिलानाथ श्रेष्ठले भने, “संविधान जारी भएको सात वर्ष भएको छ । अहिलेसम्म ऐन संशोधन हुन सकेको छैन ।” सांसद यशोदा गुरुङ सुवेदीले अघिल्लो विधेयक संसद्मा २०७५ सालमा आएको र समितिमा दुई वर्ष रहेर २०७७ मा प्रतिवेदनको रुपमा संसद्मा पठाइए पनि दुई वर्ष रहेर फिर्ता हुनु दुःखद् कुरा भएको बताए ।

सांसद पदम गिरीले संसदीय समितिबाट लगातार तीन वर्ष छलफल गरेर निर्णय भएर आएको विधेयक फिर्ता लिनु गलत भएको बताए । उनले यसबाट सरकार संसदीय समितिको कामको उपेक्षा गरिएको बताए सांसद दुर्गा पौडेलले नागरिकता नीति कठोर बनाउनुपर्ने आवश्यकता रहेको बताइन् । अङ्गीकृत नागरिकताको सन्दर्भमा सात वर्षको समय उपयुक्त रहेको र अहिलेको विधेयकमा पनि राख्नुपर्नेमा जोड दिए । सांसद लक्ष्मणलाल कर्ण धेरै प्रतीक्षापछि सरकारले विधेयक संसद्मा प्रस्तुत गरेको र यसले सबै समस्या समाधान नगरे पनि केही समस्या समाधान गर्नै विश्वास व्यक्त गरे ।

सांसद मीनेन्द्र रिजालले नागरिकता पाउने नेपालीलाई अधिकार दिनबाट वञ्चित गर्न दिन नहुने भएकाले छिटो विधेयक बनाएर पास गर्न अनुरोध गरे । सांसद अनिलकुमार झा नागरिक वर्षौंसम्म नागरिकता लिनबाट वञ्चित भएका छन्, त्यसको जिम्मा कसले लिने भनी प्रश्न गरे ।

सांसद डा भीमबहादुर रावलले राज्य व्यवस्था समितिमा दुईदुई वर्ष केका लागि छलफल भएको हो स्पष्ट पार्न अनुरोध गरे । यसरी कानुनको दुहाई दिन नदिन पनि उनले आग्रह गरे । सांसद गजेन्द्रबहादुर महतले तत्काल नागरिकता उपलब्ध गराउनतर्फ अग्रसर हुन आग्रह गरे । सांसद रङ्गमति शाहीले प्रतिपक्षमा भएर विरोध नै गर्नुपर्छ भन्ने कुरा नभएको बताउँदै सर्वसम्मत रुपमा विधेयक पारित गर्न आग्रह गरे ।

सांसद नवराज सिलवालले संविधानले नागरिकता दिनु भन्यो तर अहिले १२ लाख युवा वञ्चित भएर बस्नु दुःखद् भएको बताए । सांसद डिला सङ्ग्रौलाले कसैलाई पनि नागरिकताविहीन गराउन नहुनेमा जोड दिइन् ।

नागरिकता देशको पहिचान भएको उल्लेख गर्दै सांसद अञ्जना विसङ्खेले सबैले नागरिकता पाउनुपर्नेमा जोड दिए । सांसद देवेन्द्रराज कँडेलले नागरिकताविहीन नागरिकका विषयमा गम्भीर बन्नुपर्नेमा जोड दिए ।

सरकारले उक्त नयाँ विधेयक यही २५ गते शुक्रबार सङ्घीय संसद् सचिवालयमा दर्ता गराएको थियो । त्यसअघि सोही दिन सरकारले २०७५ साल साउन २२ गते प्रतिनिधिसभामा दर्ता गरिएको विधेयक फिर्ता लिएको थियो । जसलाई संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले विसं २०७७ असार ९ गते प्रतिवेदनसहित प्रतिनिधिसभामा पेस गरेको थियो । त्यसबेला अङ्गीकृत नागरिकताको सवालमा दलहरूबीच सहमति जुट्न सकेको थिएन ।

Chitwan Aaja चितवन आज
बिहिबार, असार ३०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
सडकको दुरावस्था र चालकको लापरबाहीले दुर्घटना बढे
बर्जु दुर्घटना पीडितपरिवारलाई १२ लाख क्षतिपूर्ति
कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा

ताजा समाचार

सबै

सडकको दुरावस्था र चालकको लापरबाहीले दुर्घटना बढे

बर्जु दुर्घटना पीडितपरिवारलाई १२ लाख क्षतिपूर्ति

कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा

WAY ग्रुप नेपाल नवलपुरद्वारा नारायणी नदी सरसफाइ सचेतना अभियान सुरु

निर्वाचन आयोगले भन्यो – २१ फागुनको निर्वाचनलाई नयाँ दल दर्ता गर्न सकिंदैन

मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या

शिक्षकलाई स्थानीय भत्ता वितरण

टी-२० विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाई

बडीमालिकामा आफ्नै घरको छतबाट खसेर वृद्धाको मृत्यु

बेनी अस्पतालमा शल्यक्रिया सेवा सुचारु भएपछि जिल्लावासीलाई सहज

गुलशनलाई एस जिको एकवर्षे प्रायोजन

भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

सबै नेता, कार्यकर्तालाई समेटेर अगाडि बढ्छौँ : उपभासपति शर्मा

भरतपुरमा K A I Y I ब्राण्डका गाडी सार्वजनिक हुँदै

निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता

बागमतीबाट १७ खेलाडी काष्ठमाण्डप करातेका लागि छनौट

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • २.
    चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

  • ३.
    भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

  • ४.
    चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

  • ५.
    त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

  • ६.
    नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.