Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, चैत २०, २०८२
☰
Logo शुक्रबार, चैत २०, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सर्लाहीमा एसईई परीक्षा हलमा मोबाइलबाट चिट चोर्दै गरेका तीन परीक्षार्थी पक्राउ

मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

एसईई परीक्षार्थीलाई मन्त्री वादीको सुझाव–’आफ्नो क्षमतामा विश्वास राख्नुहोस्’

भोलीदेखि एसइइ परिक्षा सुरुः यसवर्ष ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुँदै

चितवनका सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

लोकप्रिय समाचार

  • १. मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २. नारायणी नदीमा डुबेर कक्षा ७ का दुई विद्यार्थीको मृत्यु

  • ३. पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ४. हर्क साम्पाङका मुद्दामा जनसमर्थन, “बालेन सरकार” माथि बढ्यो जवाफदेहिताको दबाब

  • ५. गृहमन्त्री गुरुङले भनेः जोखिम न्यूनीकरणमा १० बर्षदेखि काम गरिहेको छु, सचेत छु

  • ६. मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

  • ७. चारपटक म्याद थपेर प्रशासकीय भवन सम्पन्न गर्ने निर्माण कम्पनीलाई चितवनमा १ करोड १६ लाख जरिवाना

  • ८. सुनको मूल्यमा आज व्यापक वृद्धि, चाँदी पनि महँगियो

  • ९. ओलीको पक्राउविरुद्ध आन्दोलन जारी, प्रधानमन्त्री र गृहमन्त्रीको छानविनको माग

  • १०. महिलाका लागि सातै प्रदेशमा निःशुल्क ‘ब्लु बस’ सञ्चालन गरिने

नेपालको रेल सपना : कतै अध्ययन त कतै निर्माण अघि बढ्दै

काठमाडौं ,असार ३०
सरकार गठन भएको एक वर्षमा जयनगर–कुर्था खण्डमा रेल सञ्चालनसँगै अरु रेलमार्गमा कतैअध्ययन त कतै निर्माणकार्य अघि बढेको छ । सरकारले भारतबाट खरिद भएको रेल केही समयसम्म थन्किएकामा गत चैत २० गतेबाट सञ्चालनमा आएको छ । सो रेल हाल दैनिक दुईपटक आउने र दुईपटक जाने गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चैतमा नयाँदिल्लीबाट संयुक्तरूपमा यसको उद्घाटन गरेका थिए । नेपालमा रेल सेवा सञ्चालनका लागि गत २०७७ असोज २ गते भारतबाट रु ८४ करोड ६५ लाखमा दुईवटा रेल खरिद गरिएको थियो । खरिद गरिएको डेढ वर्षपछि रेल सेवा सञ्चालन भएको हो । पहिले पुरानो प्रविधिको रेल सञ्चालनमा आए पनि आधुनिक प्रविधिको यो नै पहिलो रेल सेवा हो ।

भारत सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माण भएको सो रेलमार्गमा सञ्चालनका लागि रेल सरकारले खरिद गरेको थियो । हाल जनकपुर–जयनगर ३५ किमी रेलमार्गमा रेल सञ्चालन भइरहेकामा आगामी आवभित्रै महोत्तरीको बिजुलपुरासम्म रेल सञ्चालन हुने रेल विभागले जानकारी दिएको छ । सो रेलमार्गमा ९५ प्रतिशतभन्दा बढी पूर्वाधार सकिएको विभागका महानिर्देशक दिपक भट्टराईले जानकारी दिए । सो खण्डको हस्तन्तरणको तयारी भइरहेको छ । त्यसका लागि नेपाल र भारत सरकारको तर्फबाट संयुक्त समिति बनेको महानिर्देशक भट्टराईले बताए ।

हाल ३५ किमी लम्बाइमा रेल सञ्चालन भइरहेको छ भने कुर्थादेखि बिजुलपुरासम्म थप १७ किमी रेलमार्गको निर्माण अन्तिम चरणमा पुगेको छ । त्यो सकिएपछि ५२ किमीमा रेल सेवा सञ्चालन हुनेछ । भारतको सरकारी कम्पनीमार्फत रेल वटा खरिद गरिएको थियो ।

दुई सरकारबीच सम्झौता भई जिटुजीमार्फत रेल खरिद भएको हो । रेल सञ्चालनका लागि हाल २६ भारतीय र ५९ नेपाली कर्मचारी कार्यरत रहेको कम्पनीले जनाएको छ । भारतीय कर्मचारीमा खासगरी चालक दलका र केही इञ्जिनीयर रहेको महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए । कुर्थाबाट जयनगर वा जयनगरबाट कुर्था ३५ किमीका लागि सामान्य सिटमा रु ९० भाडादर तोकिएको छ । एयरकण्डिसनका लागि भने रु ४५० तिर्नुपर्ने कम्पनीले जनाएको छ ।

भारत सरकारले पाँच ‘क्रस बोर्डर’ रेलमार्ग निर्माण गर्ने गरी सहमति भएको थियो । जयनगर–कुर्थाबाहेक बथनाहा–विराटनगरमा पनि निर्माणको काम धेरै अघि बढेको महानिर्देशक भट्टराईले बताए । पहिलो चरणमा भारतको बथनाहादेखि मोरङ जिल्लाको आइसिपीसँगैको कस्टम एड स्टेशनसम्म चलाइने भएको छ ।

सो रेल सामान ओसार्न चलाइने विभागले जनाएको छ । जम्मा लम्बाई १८ किमीमध्ये १० किमीमा निर्माण सम्पन्न भइसकेको छ भने आठ किमीमा काम भइरहेको छ । बाँकी खण्डमध्ये झण्डै डेढ किमी नेपालतर्फ पर्छ भने बाँकी भारतर्फ पर्ने महानिर्देशक भट्टराईले जानकारी दिए ।

सरकार आफैँले निर्माण अघि बढाइरहेको पूर्व–पश्चिम विद्युतीय रेलमार्गको एउटा खण्डमा अहिले भौतिक काम अघि बढाइएको छ । बर्दिवास–निजगढ खण्डमा भौतिक रुपमा काम भइरहेको छ । माटो भर्ने काम र पुललगायतका काम भइरहेको महानिर्देशक भट्टराईले बताए । यो खण्डको लम्बाई ७० किमी रहेकामा साढे ५१ किमीमा माटो भर्ने काम सम्पन्न भइसकेको छ ।

बर्दिवास–निजगढ खण्डमा बर्दीवासलगायत ठाउँठाउँमा अरु स्टेशन बनाउनु पर्ने विभागले जनाएको छ । रेलको लिक राख्ने, विद्युतीकरणको काम झण्डै ३५ किमीमा गर्नुपर्ने छ । त्यसका लागि झण्डै रु २५ अर्ब चाहिने हुँदा काम अघि बढाउन अर्थ मन्त्रालयबाट त्यसको बजेट सुनिश्चित हुनुपर्ने महानिर्देशक भट्टराईले बताए । उउनले भने, “यही आवमा शुरु गरिएको छ । आगामी दुई÷तीन वर्षमा सम्पन्न गर्ने गरी अघि बढेको छ ।”

सो रेलमार्गमा एक वर्षमा ५१ किमीसम्म माटो भरिएको छ । यसमा १५ पुल रहेकामा पाँच पुल सम्पन्न भइसकेको छ भने १० वटाको जगको काम सकिएको छ । तीन वटामा माथिल्लो भागको काम आगामी वर्ष पूरा हुने विभागले जनाएको छ ।

अर्थले बहुवर्षीय सहमति दिएमा तीन वर्षमा निजगढसम्म रेलमार्ग बन्न सक्ने महानिर्देशक भट्टराईले बताए । अरु किसिमको अवरोध नआउँदा र बजेट सुनिश्चित हुँदा त्यो अवधि पर्याप्त हुने देखिएको छ ।

पूर्व–पश्चिम विद्युतीय रेलमार्गमा पाँच प्याकेजमा अध्ययन गरिएको थियो । पहिले चितवन राष्ट्रिय निकुञ्ज हुँदै रेखाङ्कन भएकामा त्यो परिवर्तन हुनुपर्ने भनिएपछि नयाँ रेखाङ्कन गरी अध्ययन भइरहेको छ । पहिले सिमराबाट निजगढ हुँदै जाने गरी रेखाङ्कन थियो भने अहिले निजगढबाट हेटौँडा हुँदै भरतपुर जाने गरी अध्ययन भइरहेको छ । अध्ययनको प्रतिवेदन आगामी वर्ष आउन सक्ने उनले बताए ।

अन्तरदेशीय रेलमार्ग निर्माणमा समेत अध्ययनको काम अघि बढेको छ । खासगरी भारत सरकारले काठमाडौँ वीरगञ्ज र चीन सरकारले काठमाडौँ–केरुङ रेलमार्ग निर्माणका लागि विगतदेखि नै छलफल भइरहेको थियो । काठमाडौँ–रक्सौल नौ महिना पहिले ‘फाइनल लोकेसन सर्वे’ गर्ने भनेर नेपाल सरकार र भारत सरकारबीच समझदारी भएको थियो । डेढ वर्षमा सर्वेक्षण सकाउनुपर्नेमा अब नौ महिना बाँकी रहेको छ । सो रेलमार्ग अध्ययनको लगानी भारतीय पक्षले गरेको छ । उनले भने, “निर्माणको कसले भन्ने बाँकी छ, अध्ययन भएपछि नै त्यसमा छलफल हुनसक्छ ।”

काठमाडौँ केरुङ रेलमार्गमा भने यो वर्ष खासै प्रगति हुन नसकेको विभागले जनाएको छ । सन् २०१९ मा चिनियाँ पक्षले पूर्व सम्भाव्यता अध्ययन गरेको महानिर्देशक भट्टराईले जानकारी दिए । त्यसलाई आधार बनाएर विस्तृत प्रतिवेदन (डिपिआर) बनाउने भनिएको थियो । उनका अनुसार कोभिडका कारण रोकिएकामा काम पुनः शुरु हुन सकेको छैन ।

यो बीचमा चिनियाँ पक्षसँग अनलाइन बैठक भने भएको थियो । दुई÷तीन वर्षभित्र अध्ययन सकाउने भनिए पनि त्यो बैठकमा भएको छलफलका आधारमा त्यो लम्बने देखिएको छ । जटिल भूगोलमा काम गर्नुपर्ने हुँदा अब ४२ महिना चाहिने चिनियाँ पक्षले बताएको छ । हिमाली भागबाट आउनुपर्ने तथा सुरुङ र अग्ला पुलको भाग धेरै भएकाले अध्ययनमा बढी समय लाग्ने बताइएको छ ।

यो वर्ष कुर्थासम्म रेल सञ्चालन भएको र आगामी आवमा बिजलपुरासम्म पुग्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता शिवप्रसाद नेपालले बताए । भारत सरकारको सहयोगमा जयनगरबाट आउने रेल बिजलपुर हुँदै बर्दिवाससम्म निर्माण हुनेछ ।

सरकारले बर्दिवासबाट निजगढसम्म रेल सञ्चालनमा चासो देखाएको छ र स्रोत व्यवस्थापन भयो भने ठेक्का गर्ने कार्यक्रम छ । इम्ब्याङक्मेन्ट (बाँध) र पुल बनाइने काम अघि बढिरहेको छ । आगामी वर्ष रेल्वे स्टेशन, एसेसोरिज, सिग्नल सबैका लागि ठेक्का गरिनुपर्ने उनले बताए । उनले भने, “अबको वर्षमा नै ठेक्का गरेर समयमा काम सकाउन सके अबको दुई वर्ष पछि निजगढसम्म रेल सञ्चालन गर्न सकिन्छ ।”

अर्थ मन्त्रालयले स्रोत सुनिश्चित नगर्दासम्म ठेक्का व्यवस्थापन गर्न नसकिने प्रवक्ता भट्टराईले बताए । आयोजना अहिलेसम्म आन्तरिक बजेटबाटै निर्माण भइरहेको छ ।

कुनै पनि आयोजनाको निर्माणमा आर्थिक प्रतिफल के भन्ने बुझेर गर्नुपर्ने देखिएको प्रवक्ता नेपालले बताए । निर्माण र सञ्चालनका लागि धेरै ठूलो लगानी चाहिने तर एउटा÷दुई वटा रेल मात्रै चलाउँदा त्यसको प्रतिफल नआउने उनले बताए।

पहिले रेलमार्ग निर्माणमा मात्रै ध्यान दिइएको भएपनि पछिल्लो समयमा त्यसको आर्थिक पक्षको कुराकानी शुरु भएको प्रवक्ता नेपालले बताए । भारतले रक्स्यौल–काठमाडौँ रेलमार्गको अध्ययन अघि बढाए पनि पछिल्लो समयमा काठमाडौँ–केरुङ रेलमार्ग अघि बढ्न सकेको छैन । चिनियाँ पक्ष एकपटक आएर पूर्व सम्भाव्यता गरेको थियो । त्यो रेलमार्गमा झण्डै ९८ प्रतिशत सुरुङ र दुई÷तीन प्रतिशत रेलमार्ग मात्रै जमिनमा बनाउनुपर्ने पाइएको छ । जमिनमा पनि अग्ला पुल बनाउनुपर्ने देखिएको उनले बताए ।

सरकारले रेल, मेट्रो रेल, मोनो रेल आयोजनालाई राष्ट्रिय गौरबको आयोजना राखेको छ । सो आयोजनाले नै पूर्व पश्चिम रेलको काम गरिरहेको छ । काठमाडौँ उपत्यकामा रेलमार्ग निर्माणको कुरा विगतमा स्थानीय तहले समेत गरेका थिए । यसमा कुनै प्रगति मात्रै नभएर छलफल समेत नभएको मन्त्रालय र विभागले जनाएका छन् ।

केही वर्षयता नेपालमा रेलसम्बन्धी विषयलाई सबैले चासोका साथ हेरिरहेको पाइन्छ । सडक यातायातमा रेलको सम्भावनाका विषयमा सदनदेखि सडकसम्म बहस हुन थालेको छ । रेलमा नागरिकको अपेक्षा बढिरहँदा यसमा बजेट भने न्यून विनियोजन हुँदै आएको छ ।

सीमित स्रोतबाट काम गर्नुपर्ने भएकाले रेलसम्बन्धी छुट्टै योजना आबश्यक रहेको विभागका महानिर्देशक भट्टराईले बताए। पूर्व–पश्चिम, काठमाडौँ–पोखरा, काठमाडौँ–लुम्बिनिलगायतका क्रस बोर्डर रेललगायत योजनामा रहेका वा नरहेका रेलमार्गका विषय योजनामा समेटिने विभागले जनाएको छ ।
पूर्व–पश्चिमको अध्ययन नै सकिएको छैन भने सानो खण्डमा मात्रै भौतिक काम भएको महानिर्देशक भट्टराईले बताउनुभयो । अबका दिनमा वास्तविक योजना बनाउनुपर्ने र सोही आधारमा अघि बढ्नुपर्नेमा उनको जोड छ ।

रेल्वेसम्बन्धी गुरुयोजना बनाइने

रेल्वेसम्बन्धी ‘मास्टर प्लान’ बनाउन आवश्यक देखिएकाले रेल विभागले यसलाई आगामी वर्षको कार्यक्रममा राखिएको छ । नेपालको रेल यातायातको विकास गर्नका लागि आफ्नै गुरुयोजना आवश्यक रहेको बताइएको छ ।

नेपालमा हालसम्म रेलमार्ग निर्माणको काम अति कम छ । रेलमार्ग निर्माणमा प्रगति हासिल गर्न बजेट सुनिश्चित गर्न खाँचो रहेको महानिर्देशक भट्टराईले बताए । सरकारको आफ्ना लगानीमा, दुईपक्षीय, बहुपक्षीय वा एशियाली विकास बैङ्क, विश्व बैङ्कलगायतका दातृ निकायसँगको समन्वयमा गर्ने भनी स्पष्ट हुनुपर्ने उनले बताए । समयावधि कतिसम्ममा गर्न सकिन्छ भनी यकिन गर्नुपर्ने र छोटो, मध्यम र लामो अवधि गरेर टुक्राउनुपर्नेमा उनको जोड छ ।

सो गुरुयोजनाले रेलको विषयमा अन्योल रहेकामा अब कसरी जाने भनी एउटा चित्र आउने विभागले जनाएको छ । गुरुयोजना विभागले तयारी गरेपछि मन्त्रालय वा माथिल्लो निकायले त्यसलाई अनुमोदन गरेपछि कार्यान्वयनमा आउन सक्छ । रेल बनाउने कहाँ बनाउने, कहिले बनाउने, बजेट कति हुने, बजेट कसरी उपलब्ध हुने कुरा समेटिने उनले बताए ।

झण्डै नौ वर्षपछि चल्यो जनकपुरमा रेल

झण्डै नौ वर्षपछि नयाँ रेलमार्गमा नयाँ रेल सञ्चालनमा आउँदा जनकपुर र आसपासका क्षेत्रमा छुट्टै खुसीयाली छाएको छ । नेपालमा १९९४ सालतिर जयनगरदेखि जनकपुरसम्म रेल सेवा थियो । त्यसअघि राणाकालमै १९८४ सालतिर भारतको रक्सौलदेखि नेपालको अमलेखगञ्ज रेल सञ्चालनमा थियो ।

विसं २०७० देखि रेलमार्ग सञ्चालन हुन सकेको थिएन । रेलमार्ग सुधार गरी जाने नेपाल भारतबीचको समझदारीअनुसार ब्रोड गेजमा रेलमार्गको निर्माण भएको हो ।

रेल्वेसम्बन्धी विधेयक संसद्बाट पारित

रेल सञ्चालनमा आएको केही महिनापछि रेल्वेसम्बन्धी विधेयक, २०७९ पनि सङ्घीय संसद्बाट पारित भएको छ । चालक, सहचालकको योग्यता, यात्रु र सामानको सुरक्षालगायतका विषय विधेयकमा उल्लेख छ । यसअघि रेलसम्बन्धी ऐन २०२० कार्यान्वयनमा थियो । -रासस

 

Chitwan Aaja चितवन आज
बिहिबार, असार ३०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
हर्क साम्पाङका मुद्दामा जनसमर्थन, “बालेन सरकार” माथि बढ्यो जवाफदेहिताको दबाब
सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या
नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वोच्चको आदेश

ताजा समाचार

सबै

हर्क साम्पाङका मुद्दामा जनसमर्थन, “बालेन सरकार” माथि बढ्यो जवाफदेहिताको दबाब

सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या

नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वोच्चको आदेश

सभामुखमा डीपी अर्याल निर्विरोध

सर्लाहीमा एसईई परीक्षा हलमा मोबाइलबाट चिट चोर्दै गरेका तीन परीक्षार्थी पक्राउ

डिभिजन वन कार्यालय चितवनद्धारा देववृक्ष उत्पादन सुरु

स्थानीय तहका समस्या समाधानमा सरकार प्रतिबद्ध: मन्त्री प्रतिभा रावल

बिपी राजमार्गमा माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते

न्यायमा शहीद परिवार पहिलो प्राथमिकतामा हुनेछः रवि लामिछाने

सभामुखमा मनोनयन दर्तापछि डीपी अर्यालले भनेः संविधान र कानुनको परिधिमा रहेर काम गर्ने छु

चितवनमा रेबिज नियन्त्रण गर्न कुकुर–बिरालो बन्ध्याकरण अभियान

चितवनमा लेखापढी व्यवसायी पक्राउ परेकोमा नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसनको आपत्ति

सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता

बाजुरामा पूर्वाधार विस्तार भएपनि रोजगारी र आयआर्जन कमजोर छः जनकराज गिरी

सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा भने सामान्य वृद्धि

मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २.
    नारायणी नदीमा डुबेर कक्षा ७ का दुई विद्यार्थीको मृत्यु

  • ३.
    पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ४.
    हर्क साम्पाङका मुद्दामा जनसमर्थन, “बालेन सरकार” माथि बढ्यो जवाफदेहिताको दबाब

  • ५.
    गृहमन्त्री गुरुङले भनेः जोखिम न्यूनीकरणमा १० बर्षदेखि काम गरिहेको छु, सचेत छु

  • ६.
    मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.