चितवन, असार २०
चितवनको खैरहनी नगरपालिका ५ स्थित ढुम्रे खोलामा खोलाले बगाउँदा एक पुरुषको मृत्यु भएको छ ।
आज (सोमबार) बिहान ११ः१५ बजेको समयमा नुहाउने क्रममा हेटौडा उपमहानगरपालिकाका ३२ वर्षीय सुरज बस्नेतको मृत्यु भएको हो ।
सुरज ११ बर्षका भान्जा मुकेश पौडेलसँग नुहाउन खोलामा गएका थिए । उनको शव करिव २०० मिटर तल फेला परेको प्रहरीले जनाएको छ । शव पोष्टमाटमका लागि भरतपुर अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।