चितवन, असार ११
भरतपुरको अर्बिट स्कुलमा अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
शनिबार सम्पन्न ‘कृषकहरुको योगदानमा विद्यार्थीको भूमिका’ विषायक वक्तृत्वकला कार्यक्रममा ओम शान्ती स्कुलकी अनुश्का मोहन क्षेत्री प्रथम भएकी छिन् । उनले ५ हजार नगद, प्रमाण पत्र र ट्रफी पाइन् ।
यसैगरी द्धित्तीय हुनेमा स्टेप बाई स्टेप बोर्डिङ्ग स्कुलकी दिवा तिमिल्सना र तृतीय हुनेमा लोेटस स्कुलकी प्रार्थना शर्मा रहेकी छिन् । वक्तृत्वकलामा द्धित्तीय हुनेलाई ३ हजार नगद, प्रमाण पत्र र ट्रफी, तृतीय हुनेलाई २ हजार नगद, प्रमाण पत्र र ट्रफी प्रदान गरिएको छ ।
जुरि विशेष पुरस्कार वाल्मिकी शिक्षा सदनकी आयुषा ढकाल र ग्रिनल्याण्ड पब्लिक स्कुलकी विदुशी कार्की रहेकी छिन् ।