काठमाडौं, २८ चैत –
इरानसँगको उच्चस्तरीय वार्ताका लागि अमेरिकी उपराष्ट्रपति जेडी भान्स नेतृत्वको प्रतिनिधिमण्डल पाकिस्तानको राजधानी इस्लामाबाद पुगेको छ ।
बीबीसीले पाकिस्तानको विमानस्थल स्रोतको हवाला दिँदै भान्स सवार ‘एयर फोर्स टु’ विमान इस्लामाबादमा अवतरण भइसकेको छ ।
२१ वर्षको लामो अन्तरालपछि अमेरिकी उपराष्ट्रपतिको यो पहिलो पाकिस्तान यात्रा हो । यसअघि तत्कालीन अमेरिकी उपराष्ट्रपति डिक चेनीले सन् २००५ मा पाकिस्तानको भ्रमण गरेका थिए ।
इस्लामाबादमा हुने वार्ताका लागि उपराष्ट्रपति भान्सका साथ अमेरिकी राष्ट्रपतिका विशेष दूत स्टीभ विटकफ र राष्ट्रपतिका ज्वाइँ जेरेड कुशनर पनि प्रतिनिधिमण्डलमा सहभागी छन् ।
इरानको संसद्का अध्यक्ष मोहम्मद बगर गालिबाफको नेतृत्वमा इरानी प्रतिनिधिमण्डल यसअघि नै इस्लामाबाद पुगिसकेको छ । वार्ताका लागि इस्लामाबादमा उच्च सुरक्षासहित तयारी भइसकेको छ ।








