चितवन, चैत २६ –
अखिल क्रान्तिकारी अन्तर्गत वीरेन्द्र बहुमुखी क्याम्पस इकाइ समितिको बैठक सम्पन्न भएको छ। बैठक संगठनका अध्यक्ष दुर्गा सापकोटा को अध्यक्षतामा तथा प्रमुख अतिथि संगठनका केन्द्रीय उपाध्यक्ष कृष्ण ब. सुनार को उपस्थितिमा बसेको हो।
बैठकमा संगठनको वर्तमान अवस्था, आगामी कार्ययोजना तथा संगठन सुदृढीकरणका विषयमा विस्तृत छलफल गरिएको थियो। सहभागी पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागितामा संगठनलाई अझ प्रभावकारी, गतिशील र सशक्त बनाउने निर्णय गरिएको छ।
साथै, विद्यार्थीका मुद्दामा केन्द्रित भई चरणबद्ध आन्दोलनका कार्यक्रम अघि बढाउने र क्याम्पसका सम्पूर्ण विद्यार्थीलाई समेट्ने रणनीति तय गरिएको बैठकले जनाएको छ।
त्यसैगरी, संगठनलाई थप जिम्मेवार र प्रभावकारी रूपमा अघि बढाउने विषयमा समेत आवश्यक निर्णयहरू गरिएको छ। बैठकले आगामी दिनमा विद्यार्थी हक–हितका लागि सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।









