चितवन, चैत २६
भरतपुर–११, स्थित स्टार्स मन्टेश्वरी एकेडेमीले शनिबार १४औँ दीक्षान्त समारोह आयोजना गरेको छ ।
स्टार्स मन्टेश्वरी एकेडेमी, एभरेष्ट प्रिस्कुल र प्रग्मा मन्टेश्वरीको संयुक्त आयोजनामा शनिबार दिउँसो २ बजेदेखि हाकिम चोकको सिएमटी होटलमा १४औँ दीक्षान्त समारोह हुन लागेको हो ।
यस दीक्षान्त समारोहमा करिब ६० जना नानीबाबुहरू युकेजी कक्षाबाट ग्राजुएट भई प्रिस्कुल शिक्षा पूरा गरेर औपचारिक विद्यालय शिक्षातर्फ प्रवेश गर्नेछन्।हरेक वर्ष यस मन्टेश्वरीले दीक्षान्त समारोहलाई विशेष र आकर्षक रूपमा मनाउँदै आएको छ। यसवर्ष पनि पञ्चेबाजा सहित दीक्षित नानीबाबुहरूलाई सफारी जिपमा राखी नगर परिक्रमा गराउँदै कार्यक्रम स्थल हाकिम चोकसम्म पुर्याइने छ।
दिक्षान्त समारोहलाई भव्य बनाउन पूर्व मिस नेपाल तथा चर्चित सञ्चारकर्मी माल्भिका सुब्बा उपस्थित रहने कार्यक्रम छ । यसअघि पनि महानायक राजेश हमाल, करिश्मा मानन्धर, सन्तोष पन्त, कालीप्रसाद बास्कोटा, आनन्द कार्की तथा राधिका हमाल जस्ता चर्चित व्यक्तित्वहरूको उपस्थिति रहँदै आएको छ। कार्यक्रममा सहभागी सबै नानीबाबुहरूलाई प्रमाणपत्र तथा मेडल वितरण गरिनुका साथै उनीहरूको विभिन्न आकर्षक प्रस्तुतिहरू पनि रहनेछन्।
स्टार्स मन्टेश्वरी एकेडेमीको स्थापना २०६५ सालमा पोखरामा भएको हो। हाल यस संस्थाका तीन स्थानमा प्रिस्कुल सञ्चालनमा रहेका छन्। अभिभावकहरूको पहिलो रोजाइ बन्न सफल यस मन्टेश्वरीले शैक्षिक गुणस्तरका साथै विद्यार्थीहरूको समग्र विकासमा विशेष ध्यान दिँदै आएको छ। यहाँका विद्यार्थीहरू अध्ययनसँगै गायन, नृत्य तथा तेक्वान्दो जस्ता अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।









