Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बिहिबार, चैत २६, २०८२
☰
Logo बिहिबार, चैत २६, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

सर्लाहीमा एसईई परीक्षा हलमा मोबाइलबाट चिट चोर्दै गरेका तीन परीक्षार्थी पक्राउ

मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

एसईई परीक्षार्थीलाई मन्त्री वादीको सुझाव–’आफ्नो क्षमतामा विश्वास राख्नुहोस्’

भोलीदेखि एसइइ परिक्षा सुरुः यसवर्ष ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुँदै

चितवनका सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

लोकप्रिय समाचार

  • १. हेर्नुस आज मिति २०८२ साल चैत २४ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

  • २. आज साेमबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल

  • ३. हर्क साम्पाङका मुद्दामा जनसमर्थन, “बालेन सरकार” माथि बढ्यो जवाफदेहिताको दबाब

  • ४. कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ५. फेवातालमा फसेका ११ जनाको सशस्त्र प्रहरीले गर्‍याे सकुशल उद्धार

  • ६. कुमार घैंटे समूहका सानुभाइ भनिने युवराज गुरुङ पक्राउ

  • ७. चितवनमा लेखापढी व्यवसायी पक्राउ परेकोमा नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसनको आपत्ति

  • ८. वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

  • ९. ओली र लेखकलाई रिहा गर्न सर्वोच्चको परमादेश, देखायो यस्तो कारण

  • १०. ‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

राजनीतिमा विरलै भेटिने ‘म्यानेजर’: विजय सुवेदी

– रुद्र सुवेदी

भरतपुर, चैत्र २६ –
नेपाली राजनीतिमा पद र शक्तिलाई मात्रै अन्तिम सत्य मान्नेहरूको भीडमा केही यस्ता व्यक्तित्वहरू पनि छन्, जसका लागि पद एउटा जिम्मेवारी र पद्धति एउटा गन्तव्य हो। पद, शक्ति र स्वार्थको कोलाहलभन्दा निकै टाढा रहेर शान्त, सालिन र स्वच्छ छविका साथ जनताको सेवामा समर्पित एक विरलै पाइने नाम हो विजय सुवेदी। राजनीतिलाई ‘शासक’ बन्ने भर्याङ होइन, समाज रूपान्तरणको ‘कुशल व्यवस्थापक’ बन्ने पवित्र सेवाको मार्ग मान्ने सुवेदी, सिद्धान्त र व्यवहारको अद्भुत संगम हुनुहुन्छ। उहाँको जीवनयात्रा केवल एक राजनीतिज्ञको कथा मात्र नभई इमानदारिता, अध्ययनशीलता र विकासप्रतिको अटल अठोटको एउटा जीवन्त दस्तावेज हो।

सादा जीवन, उच्च विचार र स्पष्ट योजनाका धनी सुवेदी केवल एक राजनैतिकर्मी मात्र नभएर एक कुशल व्यवस्थापक, समाज परिवर्तन एवं विकासका संवाहक र आधुनिक चितवनको गुरुयोजनाकार समेत हुनुहुन्छ।

जन्म र बाल्यकाल: संघर्षको जगमा शिक्षा

विजय सुवेदीको जन्म स्याङ्जा जिल्लाको चाङ्सिङमा भएको थियो। उहाँको प्रारम्भिक शिक्षाको यात्रा निकै घुमन्ते र चुनौतीपूर्ण रह्यो। उहाँले आफ्नो अध्ययनको सुरुवात स्याङ्जाबाटै गरे तापनि पारिवारिक परिस्थितिका कारण उनी चितवन झर्नुभयो र त्यहाँको बालकुमारी माध्यमिक विद्यालयमा भर्ना हुनुभयो। पुनः स्याङ्जा र चितवनको शारदानगर माध्यमिक विद्यालय हुँदै अन्ततः उहाँले पाल्पाको राम तुलसी व्यवसायिक माध्यमिक विद्यालयबाट एस.एल.सी. (SLC) उत्तीर्ण गर्नुभयो।

उच्च शिक्षाका लागि चितवनको प्रतिष्ठित वीरेन्द्र बहुमुखी क्याम्पसबाट अर्थशास्त्र तथा इतिहास विषयमा स्नातक (BA) पूरा गर्नुभएका सुवेदीले लुम्बिनी बौद्ध विश्वविद्यालयबाट ‘एप्लाइड बुद्धिजम’ (Applied Buddhism) मा स्नातकोत्तर (MA) समेत सम्पन्न गर्नुभएको छ।

राजनीतिक यात्रा

विजय सुवेदीको राजनीतिक यात्रा कुनै आकस्मिक घटना नभई वैचारिक स्पष्टता र निरन्तरको सक्रियताको उपज हो। विद्यार्थी कालदेखि नै देशमा सकारात्मक परिवर्तनको सपना देखेका सुवेदी सुरुमा जननायक विपी कोइरालाको “घाँस काट्ने खुर्पा र दुहुनो गाई” सहितको समाजवादी चिन्तन र विपीका गुणहरूबाट प्रभावित थिए। तर, अध्ययनको क्रममा चिनियाँ पत्रिका, पुस्तक र चीनको लोभलाग्दो विकासले उनलाई वैचारिक मोड दियो। २०३६ सालमा रामपुर पाल्पामा रहँदा कम्युनिष्ट पार्टीको सम्पर्कमा आउनुभएका सुवेदी सोही वर्ष तत्कालीन नेकपा (माले) निकट युवा लिग र अनेरास्ववियु जिल्ला कमिटी पाल्पाको सदस्य बनेर सक्रिय राजनीतिमा होमिए।

पाल्पाबाट चितवन झरेपछि २०३९ सालमा तत्कालीन नेकपा (माले) को सदस्यता लिनुभएका सुवेदीले विद्यार्थी राजनीतिमा अमिट छाप छोडेका छन्। नेकपा एमालेको पाँचौँ महाधिवेशनदेखि नै प्रतिनिधिको रूपमा सहभागी हुँदै आउनुभएका सुवेदीले नेकपा एमाले बागमती प्रदेश कमिटीको सचिव र नेकपा एमाले भू-व्यवस्था विभागको केन्द्रीय सचिवको रूपमा सफल भूमिका निर्वाह गरिसक्नुभएको छ।

वि.सं. २०४३ सालको राष्ट्रिय पञ्चायत निर्वाचनमा जनपक्षीय उम्मेदवार जागृतप्रसाद भेटवालको प्रचारप्रसार समितिको संयोजक भएर उहाँलाई विजयी गराउन अग्रणी भूमिका खेल्नुभएका सुवेदीले संगठन निर्माणमा सुरुदेखि नै दरो उपस्थिति जनाउनुभयो। २०३९ सालमा अनेरास्ववियु चितवनको कोषाध्यक्ष र २०४० सालमा सचिवको जिम्मेवारी सम्हालेका उहाँले आफ्नो कार्यकुशलताकै कारण २०४१, २०४२ र २०४५ साल गरी लगातार तीन कार्यकाल अनेरास्ववियु चितवनको अध्यक्ष बनेर संगठनलाई हाँक्नुभयो। यसैबीच, उहाँले २०४१ देखि २०४३ सालसम्म वीरेन्द्र बहुमुखी क्याम्पसमा स्ववियु सचिव भएर विद्यार्थी हकहितको नेतृत्व गर्नुभयो।

राजनीतिक परिवर्तनको संक्रमणकालीन समयमा उहाँले २०४५ सालमा प्रजातान्त्रिक राष्ट्रिय एकता मञ्च चितवनको अध्यक्ष र २०४७ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघ चितवनको संस्थापक अध्यक्ष बनेर युवाहरूलाई राजनीतिक रूपमा गोलबन्द गर्ने कार्यको नेतृत्व गर्नुभयो। पार्टीगत जिम्मेवारीका क्रममा उहाँले नेकपा एमाले चितवनको २०४९–२०५०, २०६१–०६४ र २०६४–०६६ गरी तीन कार्यकाल सचिवको जिम्मेवारी सफलतापूर्वक सम्हाल्नुभयो। साथै, २०५५ देखि २०५९ सम्म राष्ट्रिय परिषद् सदस्य र २०६७ मा राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यका रूपमा समेत उहाँ सक्रिय रहनुभयो। उहाँको यो लामो संगठनात्मक अनुभवले नै उहाँलाई एक परिपक्व र दूरदर्शी नेताको रूपमा स्थापित गरेको हो।

उहाँले संगठन र पार्टीको नेतृत्वमा रहँदा सधैँ एउटा फरक र मौलिक शैली अपनाउनुभयो। संगठन र पार्टीका कार्यक्रम, बैठक र सम्मेलनहरूलाई सीमित घेराभन्दा बाहिर निकालेर जनताको प्रत्यक्ष सहभागितामा गर्ने परम्पराको सुरुवात उहाँले नै गर्नुभएको हो। यसको उत्कृष्ट उदाहरण २०६४ सालमा अनेरास्ववियुको १८औँ राष्ट्रिय सम्मेलन हो, जहाँ उनले करिब एक हजार पाँच सय विद्यार्थी प्रतिनिधिलाई एक हप्तासम्म कुनै होटलमा नराखी जनताको घर-घरमा राखेर जनआधारित रूपमा सम्पन्न गराएका थिए। उहाँले देखाउनुभएको यो व्यवस्थापकीय कौशल र जनपरिचालनको शैली आज पनि राजनीतिक वृत्तमा उदाहरणीय मानिन्छ।

बीपी, मदन र रुदानेको वैचारिक त्रिवेणी

सुवेदीको कार्यशैली र चिन्तनमा विपी कोइराला, मदन भण्डारी र रुपचन्द्र विष्ट (रुदाने) को त्रिकोणात्मक प्रभाव देख्न सकिन्छ। उनी विपीको सरल राष्ट्रवाद र मदन भण्डारीको “जनताको बहुदलीय जनवाद” मार्फत समाजको रूपान्तरण गर्ने विचारबाट प्रेरित छन्। विशेषगरी राजनीति ‘बहुदलीय व्यवस्था तर निर्दलीय भावना’ (सबै मिलेर देश बनाउने) बाट चल्नुपर्छ भन्ने मान्यतामा उनी दृढ देखिन्छन्। त्यस्तै, रूपचन्द्र विष्टको ‘थाहा’ अभियान र “निष्पक्षता” को दर्शनबाट गहिरो रूपमा प्रभावित सुवेदीले आफ्नो राजनैतिक यात्रामा सधैँ जनसरोकारका विषयलाई सर्वोपरी राख्नुभयो। उहाँमा जनताको हितका लागि जस्तोसुकै चुनौतीको सामना गर्ने र सत्यको पक्षमा अडिग रहने अद्भुत साहस छ। पद र शक्तिभन्दा माथि उठेर “जनताको सेवा नै धर्म हो” भन्ने मान्यता राख्ने सुवेदीले समाजको रूपान्तरणका लागि कुनै पनि अवरोधको प्रवाह नगरी निरन्तर खटिरहने दृढता देखाउनुभएको छ।

उहाँको यो निस्वार्थ र निष्पक्ष कार्यशैलीले नै उहाँलाई जनमानसको एक भरोसायोग्य र अडिग नेताका रूपमा स्थापित गरेको छ। “एकजना सक्षम नेतृत्वले चाहेमा देशको कायापलट हुन सक्छ तर एक गलत नेतृत्वले पुस्ताौँसम्म पीडा भोग्नुपर्छ” भन्ने मान्यता राख्ने सुवेदी शासन सत्ता जनताको हुनुपर्छ र यो देश जनताकै पसिनाले बनेको हो भन्ने कुरामा अटल विश्वास राख्नुहुन्छ । यही जनकेन्द्रित कार्यशैली र विकासवादी सोच नै सुवेदीको राजनीतिक पहिचान हो।

आन्दोलनमा नेतृत्व, जेल जीवन र भूमिगत संघर्ष

विजय सुवेदीको राजनीतिक यात्रा केवल पद र जिम्मेवारीमा मात्र सीमित रहेन, यो त्याग र कठोर संघर्षको गाथा पनि हो। २०३६ सालमा रामपुर पाल्पामा रहँदा विद्यार्थी आन्दोलनबाट आफ्नो विद्रोही चेतनालाई प्रखर बनाउनुभएका सुवेदीले २०४५/०४६ सालको ऐतिहासिक जनआन्दोलनमा चितवनको मोर्चा सम्हाल्नुभयो। सोही क्रममा २०४६ साल फागुन ७ गते उहाँलाई आगजनीको झुट्टा मुद्दा लगाई वीरगञ्ज जेल चलान गरियो। लोकतन्त्रका लागि लड्दा उहाँले पटक–पटक गरी ६ महिना जेल जीवन र कठोर यातना भोग्नुभयो। वि.सं. २०४२ सालमा एक महिनासम्म हनुमानढोका प्रहरी हिरासतमा चरम यातना सहेर बस्नुभएका सुवेदीलाई २०४५ र २०४६ सालमा दुई पटक चितवनबाट गिरफ्तार गरी वीरगञ्ज जेलमा साढे दुई–साढे दुई महिना कैद गरियो। आन्दोलनकै रापका बीच उहाँले २०४३ देखि २०४५ सालसम्म चितवन र मकवानपुरका गाउँबस्तीहरूमा भूमिगत जीवन बिताउँदै संगठन विस्तार गर्नुभयो।

सुवेदीको साहसिक नेतृत्वको अर्को कसी २०६१ माघ १९ गतेको शाही ‘कु’ को दिन देखियो। तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएकै दिन नारायणगढको शहीदचोकमा कालोझण्डा प्रदर्शनसहित कोणसभालाई सम्बोधन गरेर उहाँले निरंकुशतालाई खुल्ला चुनौती दिनुभयो। २०६२/०६३ को दोस्रो जनआन्दोलनमा चितवनको कमान्डर (संयोजक) को भूमिकामा रहनुभएका सुवेदी आन्दोलनकै क्रममा सुरक्षाकर्मीको दमनबाट गम्भीर घाइते हुनुभयो। आफ्नो स्वास्थ्यको प्रवाह नगरी घाइते अवस्थामै उहाँले चितवनको आन्दोलनलाई यसरी प्रभावकारी रूपमा अगाडि बढाउनुभयो कि, तत्कालीन समयमा चितवनको जनलहर देशभरिकै लागि प्रेरणाको स्रोत र चर्चाको विषय बनेको थियो।

विकासका इन्जिनियर: योजनादेखि कार्यान्वयनसम्म

विजय सुवेदी केवल राजनीतिक नारामा सीमित रहने नेता हुनुहुन्न; उहाँ तथ्याङ्क, गुरुयोजना र दीर्घकालीन विकासमा विश्वास गर्ने एक ‘कुशल व्यवस्थापक’ हुनुहुन्छ। उहाँको विकासवादी यात्राका केही मुख्य खण्डहरू यसप्रकार छन्:

१. २०६७: चितवन विकासको दूरदर्शी खाका (गुरुयोजनाकार)

देशमा गणतन्त्रको स्थापनासँगै राज्यको पुनर्संरचना गर्ने बहस चलिरहँदा चितवनलाई देशको वैकल्पिक राजधानीको रूपमा अगाडि सार्ने सोच बनेको थियो। तर, काठमाडौँको जस्तो अव्यवस्थित सहरीकरणको पुनरावृत्ति नहोस् भन्ने कुरामा सबै सजग थिए। यही उद्देश्यका लागि चितवनका सम्पूर्ण राजनैतिक दलहरूबीच एक व्यवस्थित र दीर्घकालीन खाका कोर्ने सहमति भयो। सोही अनुरूप तत्कालीन जिल्ला विकास समितिको सर्वदलीय बैठकले विजय सुवेदीलाई ‘चितवन उपत्यका रणनीतिक विकास योजना’ को संयोजक चयन गर्यो।

उनको नेतृत्वमा तयार भएको उक्त योजनाले चितवनलाई केवल एक सहर मात्र होइन, देशको आर्थिक र प्रशासनिक केन्द्रका रूपमा विकास गर्ने दूरदर्शी मार्गचित्र प्रस्तुत गर्यो। उनी सधैँ भन्ने गर्छन्, “म केवल भाषणमा होइन, नक्सा र तथ्याङ्कमा आधारित ठोस योजनामा विश्वास गर्छु।” आजको आधुनिक चितवनको स्वरूप र विकासका प्राथमिकताहरू धेरै हदसम्म सोही रणनीतिक योजनाको जगमा उभिएका छन्।

२. २०६७–२०७१: शिक्षा क्षेत्रको सुधार (सप्तगण्डकी क्याम्पस)

सप्तगण्डकी बहुमुखी क्याम्पसको उपाध्यक्ष (२०६७–२०७१) रहँदा उहाँले शिक्षाको गुणस्तर र भौतिक पूर्वाधार सुधारमा महत्वपूर्ण भूमिका खेल्नुभयो। शैक्षिक संस्थालाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्दै प्राज्ञिक थलोका रूपमा विकास गर्न उहाँले चालेका कदमहरू आज पनि स्मरणीय छन्।

३. २०७१–२०७३: भरतपुर अस्पतालको कायापलट (नमुना अस्पतालको जग)

भरतपुर अस्पतालको विकासमा विजय सुवेदीको कार्यकाल एक ‘स्वर्ण युग’ मानिन्छ। अस्पतालको अध्यक्ष रहँदा उहाँले अस्पतालमा ‘अक्सिजन पाइपलाइन’ जडान गर्नेदेखि ‘सी’ ब्लकको बजेट सुनिश्चित गर्नेसम्मका ऐतिहासिक कामहरू गर्नुभयो। विशेष गरी अस्पतालको पूर्वाधार निर्माणका क्रममा करिब २५ करोड रुपैयाँ लागत अनुमान गरिएको कामलाई उहाँले पारदर्शी व्यवस्थापन र कडा अनुगमनमार्फत १७ करोड ६५ लाख रुपैयाँमै सम्पन्न गराउने वातावरण बनाउनुभयो। यसरी राज्य र जनताको झन्डै ७ करोड रुपैयाँ जोगाएर उहाँले राजनैतिक इमानदारिताको कसी प्रस्तुत गर्नुभयो।

मेडिकल कलेजबाट बाँकी रहेको बक्यौता उठाउन उहाँ आमरण अनसन बस्नेसम्मको दृढता देखाउनुहुन्थ्यो भने कार्यकाल सकिएपछि आफूले पाउने भत्ता र सुविधा ‘गरिब उपचार कोष’ मा जम्मा गरेर उहाँले नेतृत्वको नैतिक उचाई प्रदर्शन गर्नुभयो। २०७२ को विनाशकारी भूकम्पको समयमा अस्पतालको व्यवस्थापनलाई जसरी उहाँले अगाडि बढाउनुभयो, त्यसले उहाँको संकट व्यवस्थापन क्षमतालाई राष्ट्रिय रूपमै प्रमाणित गरिदियो। उहाँको यही निस्वार्थ सेवा र आर्थिक अनुशासनकै कारण भरतपुर अस्पतालले आजको सुदृढ स्वरूप पाएको हो।

४. बागमती प्रदेश सभा सदस्य र छोटो तर प्रभावशाली मन्त्रीकाल

चितवन क्षेत्र नं. २ (ख) बाट निर्वाचित भएपछि सुवेदीले प्रदेश सभामा नीति निर्माणमा अत्यन्तै सक्रिय भूमिका खेल्नुभयो। करिब ६० दिन बागमती प्रदेशको सामाजिक विकास मन्त्री रहँदा उहाँले मन्त्रालयमा एउटा नयाँ र अनुकरणीय कार्यसंस्कृतिको सुरुवात गर्नुभयो। उहाँले आफ्नो कार्यकक्षको ढोका सधैँ सर्वसाधारणका लागि खुला राख्नुभयो र कर्मचारीहरूलाई नतिजामुखी काम गर्न निरन्तर प्रेरित गरिरहनुभयो। पद्धतिमा विश्वास गर्ने सुवेदीले कहिल्यै पनि एकल निर्णय वा तोक लगाएर काम गर्ने परिपाटीलाई प्रश्रय दिनुभएन; उहाँले सधैँ सामूहिक छलफल र संस्थागत निर्णय प्रक्रियालाई प्राथमिकता दिनुभयो।

आर्थिक अनुशासन र नैतिकताको मामलामा उहाँ निकै कठोर रहनुभयो। उहाँले आफ्नो कार्यकालमा कुनै पनि काम गराउँदा वा गर्दा एक रुपैयाँ पनि तल-माथि गर्नुभएन र अरूलाई पनि त्यसो गर्न दिनुभएन। उहाँले कहिल्यै पनि व्यक्तिगत कामका लागि सरकारी गाडी प्रयोग गर्नुभएन र सार्वजनिक बिदाका दिन सरकारी सवारी साधनको प्रयोगमा पूर्ण रोक लगाउनुभयो। जनताको सम्मानका लागि आफ्नो कार्यकक्षमा आफ्नै तस्बिर होइन, ‘जनताको फोटो’ टाँसेर उहाँले आफू शासक होइन, सेवक भएको दह्रो सन्देश दिनुभयो। छोटो समयको मन्त्रीकालमा पनि सुवेदीले देखाउनुभएको यो निष्ठा र पारदर्शी शैली नेपाली राजनीतिमा विरलै पाइने उदाहरण हो।

५. भरतपुर महानगर: चुनावमा प्राविधिक हार, विकासमा अटुट साथ

भरतपुर महानगरपालिकाको निर्वाचनमा थारै मतले उपविजेता बने पनि पदमा नरहँदा सुवेदीको विकासप्रतिको सक्रियता रत्तिभर घटेको छैन। निर्वाचनको परिणामलाई एउटा राजनैतिक प्रक्रियाका रूपमा लिँदै उहाँ निरन्तर भरतपुरको बृहत्तर हितमा समर्पित हुनुहुन्छ । सिटी हल निर्माणका लागि जिल्ला समन्वय समितिबाट जग्गा प्राप्ति गर्ने कार्यमा उनको भूमिका निर्णायक रह्यो भने बाइपास रोडलाई २ लेनबाट ४ लेनमा विस्तार गराउन उनले लिएको अडान र नेतृत्वदायी पहलकदमी स्मरणीय छ। त्यस्तै, महानगरका मुख्य सडकहरूलाई ६ लेनमा विस्तार गर्ने, चक्रपथ (रिङरोड) को अवधारणालाई मूर्तरूप दिने र केरुङ्गा खोला तथा पुङ्गी खोलाको सौन्दर्यकरण गरी भरतपुरलाई ‘ग्रीन एण्ड क्लिन सिटी’ बनाउने योजनामा उनको विशेष चासो र प्राविधिक सुझाव रहँदै आएको छ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा आइपरेका अड्चनहरू सुल्झाउन होस् वा गणेशधामलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न, सुवेदी सधैँ अग्रपङ्क्तिमा रहेका छन्। शिवनगरमा आयुर्वेद अस्पताल निर्माण गर्ने योजनादेखि भरतपुर–२९ को चौकीडाँडा र ढाेडेनी जस्ता भौगोलिक रूपमा विकट क्षेत्रमा लिफ्ट सिँचाइ प्रणालीमार्फत पानी पुर्याउने तथा आकासे पनि संकलन गरि सिँचाइ गर्ने कार्यमा समेत उनको निरन्तरको खबरदारी र समन्वयकारी भूमिका देख्न सकिन्छ। पदमा हुँदा वा नहुँदा, चितवनको हरेक विकास निर्माणका फाइल र योजनाहरूलाई पूर्णता दिन उनी उत्तिकै जिम्मेवारीका साथ अहोरात्र खटिरहेका छन्।

विजय सुवेदीको मुख्य दर्शन भनेकै “शासक होइन, कुशल व्यवस्थापक” बन्नु हो। उहाँ अल्पकालीन लोकप्रियताका लागि होइन, आगामी पुस्ताले सम्झने गरी दीर्घकालीन योजनाका साथ काम गर्नुपर्छ भन्ने मान्यता राख्नुहुन्छ। त्यसैले त, चितवनको विकासको चर्चा गर्दा विजय सुवेदीको सक्रियता र चिन्तन सधैँ अपरिहार्य बन्ने गरेको छ।

सामाजिक उत्तरदायित्व र जीवनशैली: कर्म र सेवाको संगम

विजय सुवेदीको व्यक्तित्व केवल राजनैतिक घेराभित्र मात्र सीमित छैन, उनी सामाजिक उत्तरदायित्व र मानवीय सेवामा समेत उत्तिकै समर्पित छन्। बुद्धका उपदेश र अहिंसाका अनुयायी सुवेदीले आफ्नो जीवनलाई ‘परोपकार’ को माध्यम बनाउनुभएको छ। उनी एक नियमित रक्तदाता हुन् र उनले मृत्युपश्चात् आफ्ना सम्पूर्ण अङ्ग दान गर्ने घोषणा समेत गरिसक्नुभएको छ। हरेक जन्मदिनमा तडकभडक गर्नुको सट्टा रचनात्मक कार्यमा लाग्ने सुवेदीले यस वर्ष पनि असहाय बालकलाई ह्विलचेयर प्रदान गर्ने, पिपलको बिरुवा रोप्ने र रक्तदान गर्ने जस्ता उदाहरणीय कामहरू गर्नुभयो।

कोभिड-१९ को महामारीका बेला भरतपुर महानगरका ६ वटा टोलमा ‘आपत्कालीन राहत कोष’ स्थापना गरेर उनले विपद्मा नागरिकलाई प्रत्यक्ष सहयोग पुर्याउने नयाँ मोडेल प्रस्तुत गरे। उहाँको मान्यता छ “सबै नागरिक बराबर छन् र प्रत्येकको आत्मसम्मान सुरक्षित हुनुपर्दछ।” कसैले सहयोग गर्न चाहँदैमा त्यहाँ ‘दाता र माग्ने’ को सम्बन्ध हुनुहुँदैन भन्ने उहाँको दृढ अडान छ। सुवेदीका अनुसार, दाताले दिने सहयोग उसको कर्तव्य हुनुपर्छ भने अभावमा रहेकाले जीवनयापन गर्न पाउनु उसको अधिकार बन्नुपर्दछ। यही दर्शन अनुरूप, दान गर्न चाहनेले ‘कोष’ मा दिने र अप्ठ्यारोमा परेकाले सोझै ‘कोष’ बाटै सहयोग पाउने व्यवस्था मिलाइयो, जसले लिने र दिने दुवैको मर्यादा कायम राख्यो। यसका साथै, सरसफाइ, वृक्षारोपण र चितवनमा ‘नेपाल आविष्कार केन्द्र’ स्थापनामा उनको सक्रियता लोभलाग्दो छ।

आगामी मार्गचित्र: समृद्ध र आधुनिक ‘ग्रेटर चितवन’ को परिकल्पना

विजय सुवेदीको अबको लक्ष्य केवल एउटा जिल्लाको विकास मात्र होइन, बल्कि ‘चितवन उपत्यका’ (Greater Chitwan) लाई देशकै नमुना र जीवन्त आर्थिक केन्द्र बनाउनु हो। जसरी भारतको राजधानी नयाँ दिल्ली भए पनि आर्थिक राजधानी (Financial Hub) मुम्बईलाई मानिन्छ, सुवेदीको परिकल्पना पनि चितवनलाई नेपालको त्यस्तै आर्थिक र प्राविधिक केन्द्र बनाउने रहेको छ। चितवन, मकवानपुर र नवलपुरका केही भू-भागलाई समेटेर एउटा वृहत्तर उपत्यकाको रूपमा विकास गर्ने उहाँको योजनामा चितवनलाई मेडिकल, शिक्षा, कृषि, सूचना प्रविधि (IT), पर्यटन र फिल्म सिटीका रूपमा विस्तार गर्ने ठोस लक्ष्य छ।

सुवेदी केवल सिमेन्ट र कङ्क्रिटको सहर मात्र चाहनुहुन्न; उहाँको इच्छा मानव, वन्यजन्तु र प्रकृतिबीच सन्तुलन कायम भएको एउटा ‘जीवन्त र प्रकृतिमैत्री सहर’ निर्माण गर्ने हो। जहाँ प्रविधिको उच्चतम प्रयोग होस् तर मौलिक संस्कृति र पर्यावरणको विनाश नहोस्। गरिबी र दु:खमुक्त समाज निर्माण गर्दै हरेक नागरिकको जीवनस्तर उकास्न उहाँ ‘नेपाल आविष्कार केन्द्र’ (Nepal Innovation Center) मार्फत स्वदेशमै उत्पादन र प्रविधिको विकास गर्न अहोरात्र खटिरहनुभएको छ। पदमा हुनु वा नहुनुले उहाँको सक्रियतालाई कुनै फरक पारेको छैन; उहाँ अबका दिनमा पनि जनताकै बीचमा रहेर, उनीहरूकै सुख-दु:खमा साथ दिँदै आफ्नो राजनैतिक र विकासवादी अभियानलाई सार्थक बनाउन प्रतिबद्ध हुनुहुन्छ।

आयातित प्रविधिले देश बन्दैन: आत्मनिर्भरताको संकल्प

विजय सुवेदीको प्रष्ट मान्यता छ सधैँ आयातमा मात्र भर परेर देशको विकास सम्भव छैन। उनी “आयातित प्रविधिले देश बन्दैन” भन्ने कुरामा दृढ विश्वास राख्छन् र नेपालमै हरेक कुराको उत्पादन हुनुपर्नेमा जोड दिन्छन्। उनी केवल उपदेश मात्र दिँदैनन्, बरु आफैँ पनि सकेसम्म स्वदेशी उत्पादनकै प्रयोगमा रमाउँछन् र अरूलाई पनि आत्मनिर्भर बन्न निरन्तर प्रेरणा दिइरहन्छन्। यही ‘स्वदेशी प्रविधि र आफ्नै उत्पादन’ को अभियानलाई संस्थागत गर्न उनले चितवनमा ‘नेपाल आविष्कार केन्द्र’ (Nepal Innovation Center) सञ्चालनमा ल्याउने महत्वपूर्ण पहलकदमी लिनुभएको छ। विदेशी प्रविधिको अन्धधुन्ध नक्कल गर्नुभन्दा आफ्नै माटो र आवश्यकता सुहाउँदो प्रविधिको विकास र उत्पादनमार्फत देशलाई समृद्ध बनाउनुपर्छ भन्ने उहाँको यो दूरदर्शी सोचले आजको युवा पुस्तालाई स्वदेशमै केही गर्न ठूलो ऊर्जा प्रदान गरिरहेको छ।

पारिवारिक साथ र प्रेरणाको स्रोत

विजय सुवेदी आज धेरै युवाहरूका लागि राजनैतिक र सामाजिक प्रेरणाको स्रोत हुनुहुन्छ, तर उहाँको आफ्नै ऊर्जा र सफलताको मुख्य जग उहाँको परिवार हो। सानैदेखि हरेक पाइलामा बुबा-आमाको अथाह साथ र सहयोग पाएका सुवेदीको जीवनमा विवाहपश्चात् श्रीमतीको भूमिका निकै महत्वपूर्ण रह्यो। राजनैतिक र सामाजिक काममा अहोरात्र खटिँदा घर-व्यवहार सम्हाल्ने र छोरालाई सुसंस्कारका साथ हुर्काउने कार्यमा बैंकिङ क्षेत्रमा आबद्ध उहाँकी श्रीमतीले दह्रो खम्बा बनेर साथ दिनुभयो। हाल उहाँका छोरा र बुहारी पनि आ-आफ्नो क्षेत्रमा स्थापित हुनुहुन्छ; छोरा बैंकिङ क्षेत्रमा कार्यरत हुनुहुन्छ भने बुहारी शिक्षण पेशामा आबद्ध हुनुहुन्छ। आफ्ना दुई नातिहरूसँग समय बिताउन र खेल्न रुचाउने सुवेदीले पारिवारिक सुख र सामाजिक सेवालाई सन्तुलित रूपमा अगाडि बढाइरहनुभएको छ। परिवारको यही निस्वार्थ प्रेम र बलियो साथले नै उहाँलाई समाज रूपान्तरणको महाअभियानमा अविचलित यात्री बन्न सधैँ ऊर्जा प्रदान गरिरहेको छ।

विजय सुवेदी त्यस्ता नेता हुनुहुन्छ जसले राजनीतिलाई पेशा होइन, निष्ठा बनाउनुभएको छ। “पृथ्वीको भारको ऋण तिर्नुपर्छ” भन्ने मान्यता राख्ने उहाँको कार्यशैली, पारदर्शिता र विकासप्रतिको हुटहुटी आजको युवा पुस्ताका लागि प्रेरणाको मुख्य स्रोत हो। नेपाललाई आयातित प्रविधिले मात्र होइन, स्वदेशी उत्पादन र दूरदर्शी सोचले मात्र समृद्ध बनाउन सकिन्छ भन्ने उहाँको दृढ विश्वास छ।

त्यसैले, आजको समयमा राजनीतिमा आउन चाहने नव-युवाहरू र समग्र युवा पुस्ताका लागि विजय सुवेदी एक आर्दश व्यक्तित्व हुन सक्नुहुन्छ। पद र शक्तिको प्रलोभनभन्दा माथि उठेर, अध्ययन र योजनाका साथ कसरी समाज रूपान्तरण गर्न सकिन्छ भन्ने उहाँको जीवन नै एउटा खुल्ला पाठशाला हो।

–            

Chitwan Aaja चितवन आज
बिहिबार, चैत २६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
लायन्स क्लब अफ नारायणगढ दियालोको अध्यक्षमा रमेश मानन्धर
नियुक्त गरेको १३ दिनमै श्रममन्त्री दीपककुमार साह पदमुक्त
हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

ताजा समाचार

सबै

राजनीतिमा विरलै भेटिने ‘म्यानेजर’: विजय सुवेदी

लायन्स क्लब अफ नारायणगढ दियालोको अध्यक्षमा रमेश मानन्धर

नियुक्त गरेको १३ दिनमै श्रममन्त्री दीपककुमार साह पदमुक्त

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

पुनर्निर्माणपछि चितवनको भाटभटेनी स्टोर्स भोलिदेखि सञ्चालनमा आउने

दुई दिन सार्वजनिक बिदालाई निरन्तरता दिन चितवनका व्यवसायीको माग

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

अस्पतालले भन्यो– ओलीलाई तत्काल ‘डिस्चार्ज’ गर्न मिल्दैन

आज प्रतितोला ४३ सयले बढेपछि सुनको मूल्य पुग्यो ३ लाख ९४ हजार ७००

एमालेका अध्यक्ष ओली र पूर्वगृहमन्त्री रमेशलाई जमानीमा छाड्ने तयारी

छुरा प्रहारबाट घाइते भएका दुई युवकको मृत्यु

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बिर्तामोडको कपास प्रशोधन उद्योगमा आगलागी हुँदा लाखौँको क्षति

चितवनको कालिका नगरपालिकाद्वारा अमेरिकाको फेयरफ्याक्स सिटीसँग सहकार्य प्रस्ताव

‘भारतीय नम्बर प्लेटका सवारी साधनको नेपाल प्रवेश ‘डे पास’को दुरुपयोग भइरहेको छ’

प्रतिनिधिसभाः सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस आज मिति २०८२ साल चैत २४ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

  • २.
    आज साेमबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल

  • ३.
    हर्क साम्पाङका मुद्दामा जनसमर्थन, “बालेन सरकार” माथि बढ्यो जवाफदेहिताको दबाब

  • ४.
    कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ५.
    फेवातालमा फसेका ११ जनाको सशस्त्र प्रहरीले गर्‍याे सकुशल उद्धार

  • ६.
    कुमार घैंटे समूहका सानुभाइ भनिने युवराज गुरुङ पक्राउ

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.