चितवन, चैत्र २१ –
लायन्स क्लब अफ नारायणगढ दियालोको अध्यक्षमा रमेश मानन्धर सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। क्लबको साधारण सभा तथा अधिवेशनबाट लायन वर्ष २०२६/२७ का लागि मानन्धरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो।
नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा सुजन धिताल तथा द्वितीय लायन रश्मी श्रेष्ठ चयन भएका छन्। त्यसैगरी सचिवमा डा. अमित सहनी र कोषाध्यक्षमा लायन सागर श्रेष्ठ निर्वाचित भएका छन्।
क्लबका अन्य पदाधिकारीहरूमा मेम्बरसिप चेयरपर्सनमा ई. ओजश श्रेष्ठ, एलसिआईएफ चेयरपर्सनमा ईन्दु न्यौपाने, मार्केटिङ एण्ड कम्युनिकेशन चेयरपर्सनमा शंकर नेपाल तथा सर्भिस चेयरपर्सनमा असिम हमाल चयन भएका छन्।
त्यसैगरी क्लब डाइरेक्टरहरूमा नीर लामिछाने, खेमबहादुर गुरूंग, सुरेश खड्गी, बिनोद सुवेदी तथा सुवास साह चयन भएका छन्।
अधिवेशनले सम्पूर्ण पदाधिकारीहरूलाई निर्विरोध चयन गरेको जनाएको छ। कार्यक्रममा बोल्ने वक्ताहरूले लायन्स क्लबमार्फत सामाजिक सेवा, नेतृत्व विकास र समुदायप्रतिको उत्तरदायित्वलाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए।
नवनिर्वाचित अध्यक्ष लायन रमेश मानन्धरले क्लबलाई थप सक्रिय, सशक्त र परिणाममुखी बनाउँदै समाजसेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्यक्रममा बोल्दै वक्ताहरूले लायन्स क्लबमार्फत सामाजिक सेवा, नेतृत्व विकास तथा समुदायप्रतिको उत्तरदायित्वलाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए।
नवनिर्वाचित अध्यक्ष सनराइज अधिकारीले क्लबलाई अझ सक्रिय, सशक्त र परिणाममुखी बनाउँदै समाजसेवामा अग्रसर रहने प्रतिबद्धता व्यक्त गरेका छन्।










