Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बुधबार, चैत २५, २०८२
☰
Logo बुधबार, चैत २५, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

सर्लाहीमा एसईई परीक्षा हलमा मोबाइलबाट चिट चोर्दै गरेका तीन परीक्षार्थी पक्राउ

मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

एसईई परीक्षार्थीलाई मन्त्री वादीको सुझाव–’आफ्नो क्षमतामा विश्वास राख्नुहोस्’

भोलीदेखि एसइइ परिक्षा सुरुः यसवर्ष ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुँदै

चितवनका सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

लोकप्रिय समाचार

  • १. हेर्नुस आज मिति २०८२ साल चैत २४ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

  • २. आज साेमबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल

  • ३. हर्क साम्पाङका मुद्दामा जनसमर्थन, “बालेन सरकार” माथि बढ्यो जवाफदेहिताको दबाब

  • ४. कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ५. मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

  • ६. फेवातालमा फसेका ११ जनाको सशस्त्र प्रहरीले गर्‍याे सकुशल उद्धार

  • ७. मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

  • ८. हेटौंडामा सवारी दुर्घटना हुँदा एक किशोरीको मृत्यु

  • ९. कुमार घैंटे समूहका सानुभाइ भनिने युवराज गुरुङ पक्राउ

  • १०. चितवनमा लेखापढी व्यवसायी पक्राउ परेकोमा नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसनको आपत्ति

नारायणी नदीमा पर्यटन काव्य उत्सव

नवलपुर (नवलपरासी), २५ चैतः
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा दुई दिनसम्म चलेको ‘राष्ट्रिय पर्यटन काव्य उत्सव–२०८२’ सम्पन्न भएको छ । गैँडाकोट नगरपालिका र गैँडाकोट नगर प्रज्ञाप्रतिष्ठानको संयुक्त आयोजनामा नारायणी नदीस्थित राइनो क्रुजमा भएको यस कार्यक्रमले साहित्य, पर्यटन र संस्कृतिलाई एकै मञ्चमा ल्याउँदै स्थानीय पहिचानलाई राष्ट्रियस्तरमा उजागर गरेको छ ।

उत्सवमा करिब सयभन्दा बढी स्रष्टाले कविता, गजल, गीत एवं कार्यपत्र प्रस्तुत गर्दै पर्यटन र साहित्यबीचको सम्बन्धलाई प्रष्ट्याउने प्रयास गरेका थिए । कार्यक्रमको उद्घाटन सत्रमा नगरप्रमुख मदनभक्त अधिकारीले बहुभाषिक र बहुसांस्कृतिक समाजमा संरक्षण र प्रवर्द्धनलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो । उपप्रमुख शान्ति कोइरालाले नदीमाथि गरिएको कार्यक्रमलाई नयाँ अभ्यासको रुपमा व्याख्या गर्नुभयो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले साहित्य र पर्यटनलाई जोड्ने यो प्रयासले नवलपुरको पहिचानलाई थप उचाइ दिने बताउनुभयो । गैँडाकोट नगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति भीमप्रसाद शर्माले स्थानीय कला, साहित्य, संगीत र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्नु संस्थाको मूल लक्ष्य रहेको स्पष्ट पार्नुभयो । इतिहासतर्फ संकेत गर्दै नगर प्रज्ञाप्रतिष्ठानका प्राज्ञ सदस्य लेखराम सापकोटाले करिब ६० वर्षअघिको काव्यगोष्ठीको स्मरण गर्नुभयो ।

“विसं २०२२ मा देवघाटमा दुई डुङ्गामा काव्यवाचन कार्यक्रम भएको थियो”, उहाँले भन्नुभयो, “त्यसयता यस्तो प्रयास नभएकाले यो कार्यक्रम विशेष बनेको छ ।”

त्यतिबेला राजा महेन्द्र देवघाटधाम अवलोकनका लागि आएका बेला देवघाटको वेणी सङ्गममा काव्य वाचन गरिएको र उक्त कार्यक्रमलाई आफूले नजिकैबाट नियालेको प्रा डा चूडामणि बन्धुले बताउनुभयो । “कविता वाचनका लागि नाम टिपाएकाहरुले डुङ्गामा बसेर कविता सुनाए । मसँग कविता थिएन” उहाँले भन्नुभयो, “म किनार मै बसेर त्यो माहोल हेरेँ ।”

दुई दिनसम्म नदीमाथि भएको काव्य उत्सवमा सहभागी स्रष्टाहरुले आफ्ना रचनामार्फत पर्यटन र वर्तमान समाजलाई जोड्ने प्रयास गरेका थिए । बेलायतमा बस्दै आउनुभएका विश्लेषक नारायण गाउँलेले गजलमार्फत देशको वर्तमान अवस्थालाई प्रस्तुत गर्दा पोखराका शिव त्रिपाठीले प्राकृतिक सम्पदा र पर्यटकीय सौन्दर्यलाई छन्दमा उतार्नुभयो । गजलकार एवं विश्लेषक गाउँलेले पवित्र नारायणीको पानीजहाजमा बसेर कविता सुन्ने र सुनाउने अनुभव अत्यन्तै अनौठो र गर्विलो रहेको बताउनुभयो ।

करिब १०० भन्दा बढी सर्जकको सहभागिता रहेको यस उत्सवमा रचना वाचनसँगै कार्यपत्र प्रस्तुति र काव्य विमर्श समेटिएको थियो । लेखक भूपिन खड्काले ‘नेपाली पर्यटन काव्य, सम्भावना र चुनौती’ विषयमा अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो । भूपिनको अवधारणापत्रको मूल आशय पर्यटन र काव्यबीचको गहिरो सम्बन्ध स्थापित गर्दै ‘पर्यटन काव्य’लाई सम्भावनायुक्त नयाँ साहित्यिक विधाका रुपमा प्रस्तुत गर्नु रहेको छ ।

भूपिनले मानव सभ्यताको विकास नै यात्रा र गतिशीलतासँग जोडिएको देखाउँदै पर्यटनलाई जीवनको स्वाभाविक र आवश्यक गतिविधि मान्नुभएको छ । उहाँले अवधारणापत्रमार्फत नेपालमा पर्यटन काव्यसम्बन्धी अध्ययन, विमर्श र कार्यक्रमहरु अझै न्यून रहेको उल्लेख गर्दै यस क्षेत्रमा थप पहल आवश्यक रहेको औंल्याउनुभएको छ । समग्रमा पर्यटन काव्यले साहित्य र पर्यटन दुवैलाई समृद्ध बनाउने पुलको काम गर्न सक्छ भन्ने निष्कर्ष उहाँको थियो ।

भूपिनको अवधारणापत्रमाथि विवेचना गर्दै नियात्राकार प्रतीक ढकालले नेपालको पर्यटन उद्योगको चर्चा अन्तर्राष्ट्रियस्तरमा सम्मानपूर्वक हुने गरेको बताउनुभयो । हाम्रो हावापानी र भूबनोटसँग हामीले गर्व गर्नुपर्ने ढकालको तर्क थियो । वीरेन्द्र बहुमुखी क्याम्पसका सह–प्राध्यापक रमेशकुमार श्रेष्ठले गैँडाकोटले गरेको काव्य उत्सवले साहित्यिक जमघटसँगै पर्यटन र संस्कृतिको प्रवर्द्धन गर्ने सशक्त मञ्चका रुपमा स्थापित गरेको बताउनुभयो ।

समालोचक उदय अधिकारीले २०२२ सालमा डुङ्गामा गरिएको साहित्यिक कार्यक्रमको परम्परालाई पुनर्जीवित गर्दै गैँडाकोट प्रज्ञा प्रतिष्ठानले निरन्तरता दिएको बताउनुभयो । काव्यवाचन कार्यक्रममा घनश्याम परिश्रमी, विदुर अधिकारी, गोविन्द अर्याल, नीमा पौडेल तिवारी, होमनाथ घिमिरे, राधा कोइराला, बालकृष्ण थपलिया, एलबी क्षेत्री, लेखराम सापकोटालगायतका एक सय बढी स्रष्टाले कविता, गजल, गीतमार्फत आफ्ना सिर्जना प्रस्तुत गर्नुभएको थियो ।

गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका कुलपति गोविन्दराज विनोदीले फरक किसिमको काव्य उत्सवमा उत्साहजनक सहभागिता देखेर खुसी लागेको बताउनुभयो । जलयात्रा सकिएपछि कविहरु गैँडाकोटमा रहेको केबलकारमार्फत मौलाकालिका मन्दिर पुगेर कालिका भगवतीको दर्शन गरी देवघाटधाम, गैँडाकोट र चितवनका सुन्दर दृश्यावलोकन गरेका थिए । रासस

Chitwan Aaja चितवन आज
बुधबार, चैत २५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
धुलो उडेपछि राजविराज-भारदह सडक स्थानीयले गराए अवरुद्ध
प्रधानमन्त्री बालेन्द्र शाहको सामूहिक कूटनीतिक संवादमा विभिन्न देशका राजदूतहरूको सहभागिता
अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता

ताजा समाचार

सबै

धुलो उडेपछि राजविराज-भारदह सडक स्थानीयले गराए अवरुद्ध

प्रधानमन्त्री बालेन्द्र शाहको सामूहिक कूटनीतिक संवादमा विभिन्न देशका राजदूतहरूको सहभागिता

नारायणी नदीमा पर्यटन काव्य उत्सव

अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता

एकैदिन तोलामा ७२ सयले बढ्यो सुन

चितवनको खैरहनी नगरपालिकाद्वारा धानको बीउमा ५० प्रतिशत अनुदान

देवचुली–१५ मा निःशुल्क स्वास्थ्य तथा क्यान्सर सचेतना शिविर सम्पन्न, ३०० भन्दा बढी लाभान्वित

मुग्लिन–मलेखु सडकखण्डः छ दिन रातको समयमा सडक आवागमन बन्द गरेर घोप्टे भिरको भित्तो काटियो

घरबाटै कार्यालयको काम गर्न सरकारको आह्वान

मधेश प्रदेशबाट ३४ जना बिचौलिया पक्राउ

नागढुंगा–मुग्लीन सडकखण्डको निर्माणबारे जिम्मेवार निकायको जवाफदेहीता सुनिश्चित गर्न माग

जलेश्वर बर्दिबास सडकखण्डमा मोटरसाइकल ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर,गृहमन्त्री सुधन गुरुङ पाचौं नम्बरमा

चितवनमा अठार वटा कृष्णसार ल्याइने

एमालेका महिला सांसदद्वारा ‘साइबर बुलिङ’का विषयमा उजुरी

हुप्सेकोटमा बालिकाहरुलाई पाँच हजारसहितको बैंक खाता

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस आज मिति २०८२ साल चैत २४ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

  • २.
    आज साेमबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल

  • ३.
    हर्क साम्पाङका मुद्दामा जनसमर्थन, “बालेन सरकार” माथि बढ्यो जवाफदेहिताको दबाब

  • ४.
    कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ५.
    मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

  • ६.
    फेवातालमा फसेका ११ जनाको सशस्त्र प्रहरीले गर्‍याे सकुशल उद्धार

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.