काठमाडौं,चैत २५ –
स्थानीय बजारमा आज बुधबार सुनको मूल्य ह्वात्तै बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन सुन प्रतितोला ७२ सय रुपैयाँले बढेर दुई लाख ९९ हजार रुपैयाँमा कायम भएको छ ।
हिजो मंगलबार दुई लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । यस दिन तोलामा २०५ रुपैयाँले बढेर पाँच हजार २५ रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन चाँदी चार हजार ८२० रुपैयाँमा कारोबार भएको थियो ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार








