चितवन, चैत २९ –
नारायणगढको लायन्स चोकमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बीमा क्षेत्रमा कार्यरत अभिकर्ताहरुको संस्था नेपाल बीमा अभिकर्ता संघ (नेपाल लाइफ इन्स्योरेन्स) नारायणगढ शाखाको आयोजनामा आज बुधबार रक्तदान कार्यक्रम गरिएको हो ।
समितिका सचिव एवम् रक्तदान कार्यक्रम संयोजक मुक्तिनाथ काप्रीका अनुसार चितवन जिल्लामा देखिएको रगत अभावलाई मध्यनजर गर्दै आयोजना गरिएको कार्यक्रममा विभिन्न संघसंस्था तथा व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
कार्यक्रममा ६६ जनाले रक्तदान गरेका समितिका प्रमुख सल्लाहकार लक्ष्मी कँडेलले जानकारी दिइन् ।










