नागढुंगा–मुग्लिन सडक आजदेखि तीन दिन रातिको समयमा बन्द हुने भएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिर लगायतका स्थानमा सडक स्तरउन्नती गर्न आजदेखि चैत १९ गतेसम्म राति ६ घण्टा बन्द गरिने भएको हो ।
जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै राति १० बजेदेखि बिहान ४ बजेसम्म यातायातका साधन बन्द हुने जानकारी दिएको छ ।









