काठमाडौँ, चैत १५-
नेपाली बजारमा सुनचाँदीकै मूल्य वृद्धि भएको छ। आज (आइतबार) साताको पहिलो दिन सुन प्रतितोला पाँच हजार रुपैयाँ बढेको हो ।
योसँगै आज सुन प्रतितोला २ लाख ८६ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गएको शुक्रबार सुनको भाउ तोलामा ४६ सय रुपैयाँ घटेर दुई लाख ८१ हजार रुपैयाँमा झरेको थियो।
यस्तै गत साता सुन ६ दिनमा ३६ हजार रुपैयाँ घटेको थियो । आज चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँ बढेर ४ हजार ७२० रुपैयाँ पुगेको छ।








