काठमाडौं, चैत १४-
पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक दुवैजनालाई एकै ठाउँमा राखिने भएको छ । आज (शनिबार) बिहान पक्राउ गरिएका उनीहरूलाई महाराजगन्जस्थित नेपाल प्रहरीको २ नम्बर गणमा राख्न लागिएको हो ।
लेखकलाई पक्राउ गरेर प्रहरीले त्यहाँ पुर्याइसकेको छ । ओलीलाई पनि त्यहीँ राख्ने तयारी गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकारीले बताए ।








