चितवन, चैत्र १३ –
आज मह दिवस चितवनमा किसान, कृषि विज्ञ र कृषि सम्बन्धी सरकारी कार्यालयका कर्मचारीबीच अन्तरक्रिया गरेर मनाइएको छ । कृषि विकास कर्यालय चिवतनको सभाहलमा मह बजारीकरण, च्याउ, रेशम र व्यवसायिक किट सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
मौरी पालन विकास केन्द्र भण्डारा चितवन, राष्ट्रिय कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई चितवन, व्यवसायिक किट विकास फार्म भण्डाराको आयोजना एवम् कृषि विकास कार्यालय चितवन र नेपाल मौरीपालक महासंघ चितवनसँगको समन्वयनमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
अन्तरक्रिया कार्यक्रममा मौरी पालन विकास केन्द्र भण्डारा चितवनका प्रमुख सुजन अमागाईंले नेपालमा मौरीपालनको अवस्था, समस्या, चुनौती र सुधारका पक्षहरुका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
त्यसैगरी कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपप्राध्यापक केदार देवकोटाले मौरी र मौरीपालनमा विषादीको असरका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
त्यसैगरी व्यवसायिक किट विकास फार्म भण्डाराकी प्रमुख सुरुची त्रिपाठीले च्याउ खेती र रेशम खेतीको अवस्था, अवसर र चुनौतीका बारेमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।
यस सम्बन्धि विस्तृत समाचारका लागि चितवन आज डटकम हेर्दै गर्नुहोला ।









