Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, चैत ०३, २०८२
☰
Logo मङ्गलबार, चैत ०३, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३. रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ४. यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ५. रुस र इरानका राष्ट्रपतिबीच टेलिफोन वार्ता, के भयो छलफल ?

  • ६. १ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

  • ७. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ८. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ९. ‘डेरीमार्ट’ थप्दै चितवन दुग्ध उत्पादक सहकारी सङ्घ

  • १०. ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

अङ्गुर खेती हुँदै उद्योगसम्म, कृषि पर्यटनमा नयाँ आयाम

काठमाडौं, असार ९-

उच्च शिक्षाका लागि डेढ दशकअघि जापान पुगेका व्यवसायी कुमार कार्कीलाई आफ्नै जन्मभूमि नेपालमा रोजगारी विस्तार र कृषि पर्यटन क्षेत्रमा ‘केही गरौँ’ भन्ने भावना त्यसबेला नै पलाएको थियो । निरन्तरको स्वअध्ययन, परीक्षण, मेहनत र लगानीबाट कार्कीको त्यो सोचले अहिले साकार रूप लिएको छ । जापानको पर्यटन व्यवसाय छाडेर नेपाल फर्किएका व्यवसायी कार्की अनेक चुनौती मोल्दै स्वदेशकै माटोमा नयाँ उद्योगीका रूपमा उदाउन सफल हुनुभएको छ ।

नेपालमा कृषि पर्यटनको विकास र विस्तार गर्ने सोचअनुरुप व्यावसायिकरूपमा अङ्गुर खेती तथा प्राकृतिक (अग्रयानिक) वाइन उत्पादन उद्योग खोलेर निर्यातसमेत गर्ने र त्योसँगै जोडिने नयाँ पर्यटनको अवधारणासहित कार्कीले काम गरिरहनुभएको छ । नेपालको हावापानी अनुकूल हुने अङ्गुरका प्रजाति तथा यस खेतीका लागि उपयुक्त स्थानको छनोटदेखि उद्योग स्थापनाका क्रममा कार्की र उहाँको समूहले व्यहोरेका सङ्घर्ष र सफलताका कथाका पानाहरू बढ्दै गएका छन् ।

परीक्षणका रूपमा सुरु भएको अङ्गुर खेती हाल आएर उद्योगसम्म फैलिएर व्यावसायिक सफलतातर्फ उन्मुख भएको छ । अङ्गुर खेतीका लागि जापानबाट विभिन्न प्रजातिका बिरुवाहरू आयात गरी जापानी विशेषज्ञ र अन्य साथीहरूको सहयोग र परामर्शमा व्यवसायी कार्कीले विसं २०६४ मा नेपालको पहिलो भिनयार्ड स्थापना गर्नुभयो । त्यसअघि कार्कीले पर्यटन व्यवसायलाई टेवा दिने र स्थानीय रोजगारी बढाउने लक्ष्य लिएर विसं २०६८ मा थानकोटमा पातलेवन रिसोर्टको स्थापना गर्नुभएको थियो ।

जापानको एक ट्राभल एजेन्सीमा कामसमेत गर्दै विभिन्न कृषि उत्पादन क्षेत्रमा घुमफिरपछि कार्की नेपालमा अङ्गुर खेतीबारे ओकाइयामा विश्वविद्यालयका प्राध्यापकसँगको सम्पर्कमा पनि पुग्नुभएको थियो । उहाँले धेरै पानी परिरहने नेपालको एक वर्षसम्मको हावापानीको विवरण जापानी विज्ञलाई दिएर कति उचाइको जमिनमा कुन मौसममा कस्ता प्रजातिका अङ्गुर खेती गर्न सकिन्छ भन्नेबारेमा अध्ययन गराउनुभएको थियो ।

कार्कीले पातलेवनस्थित रिसोर्टकै बारीमा सन् २००७ मा जापानबाट २०० बिरुवा ल्याएर नमूनाका रूपमा अङ्गुर खेती सुरु गर्नुका साथै यही बीचमा उहाँले फ्रान्स, स्वीटजरल्याण्डलगायतका मुलुकमा पनि यसबारे अध्ययन गर्नुभयो । त्यसबाट नेपालमा मनसुन अगाडि टिप्ने गरी अङ्गुर खेती गर्न सकिन्छ भन्ने पत्ता लाग्यो । यी कुराहरू पहिचान भएपछि कार्कीले आफ्नो लगानी विस्तार गर्नुभयो । अहिले यही समूहले व्यावसायिक साझेदार जुटाउँदै धादिङको थाक्रे गाउँपालिका–८ को काउले र वडा नं १० को काउले, धुनीबेँसी नगरपालिका–८ को मछिन्द्र्रावनमा गरी करिब ४०० रोपनीमा अङ्गुर खेती गरिरहेको छ । निकट भविष्यमा तनहुँको घिरिङ गाउँपालिकामा १०० रोपनी जग्गामा अङ्गुर खेती सुरु हुँदैछ । त्यहाँ घिरिङ भाइनयार्ड एग्रो रिसर्च सेन्टर प्रालिको स्थापना गरिएको छ ।

अङ्गुरबाट नेपाली प्राकृतिक स्वादको वाइन बनाउन सकिने र यसलाई विदेशमा समेत निर्यात गर्न सकिने लक्ष्यका साथ कार्कीले विसं २०६८ मा पातलेवन भाइनयार्ड वाइनरी कम्पनी खोल्नुभयो । सरकारबाट इजाजत लिएपछि उत्पादनको काम थाल्न तथा इटाली, भारत र जर्मनीबाट मेसिनहरू ल्याउनसम्मका अनेक चुनौती खेप्दै अहिले थाक्रेको काउलेमा उत्पादन केन्द्रको नयाँ भवन निर्माणसहित नियमित काम हुन थालेको छ । उहाँले हालसम्म यस उद्योगमा करिब रु. ५० करोडको लगानी गरिसक्नु भएको छ ।

बेर्ना रोपेको तीन वर्षमा फल लाग्ने अङ्गुरमा हुने किराहरू मार्न आवश्यक पर्ने डरमेक्स केमिकल ल्याउनका लागि उद्योगले चुनौती झेलिरहेको छ । कम्पनीका अध्यक्ष कार्की युरोपेली मुलुकबाट नेपाल आउने पर्यटकले नेपालमा उत्पादित गोर्खा वियरलाई चाख्न खोजेजस्तै वाइन र जुस उत्पादनमा आफैँ अङ्गुर खेती गरेर त्यसबाट गर्ने पहिलो उद्योग भएकाले यसले राष्ट्रिय अर्थतन्त्रमा योगदान दिने विश्वास व्यक्त गर्नुहुन्छ । स्थानीय बजारमा माग बढ्न थालेकाले विदेशी वाइनलाई प्रतिस्थापन गर्न सकिने कार्कीको भनाइ छ । नेपालमा वाइन उत्पादन गर्ने कम्पनीहरूले यसअघि भारतबाट समेत अङ्गुर ल्याउने गर्दथे । रेड र ह्वाइट वाइनको प्रति बोतल रु. एक हजार २०० पर्छ । यी उत्पादनलाई भारत र पोर्चुगलमा निर्यात गर्न सहज हुने ठानिएको छ ।

 

विदेशबाट बिरुवा र विशेषज्ञ ल्याएर अध्ययन

यस समूहले व्यवसाय विकास र विस्तार गर्ने सोचले अनुसन्धान गर्ने सिलसिलामा विसं २०७० मा धादिङमा जर्मनी र स्वीटजरल्याण्डबाट उन्नत जातका बिरुवा आयात गरी काउले भिनयार्ड सुरु गरेको दुई वर्षपछि धादिङको केवलपुरमा अर्को पातलेवन भिनयार्डको स्थापना गरिएको थियो । यहाँ अहिले ३०० रोपनीमा २५–३० जातका अङ्गुर खेती गरिएको छ ।

यी स्थानमा हालसम्म गरेर रु. ५० करोडको लगानी भइसकेको छ भने स्थानीय ५० जना स्थानीयवासीले दैनिक ज्यालादारीमा रोजगारी पाउन थालेका छन् । “अङ्गुर खेती र वाइनको गुणस्तरमा विकास गर्नुपर्छ भन्ने सोच लिएर केही रकम तिरेर हामीले स्वीटजरल्याण्ड र जर्मनीबाट वाइन विशेषज्ञ झिकाइ कामदारहरूलाई अङ्गुर खेती र वाइनसम्बन्धी तालिम प्रदान गरी गुणस्तरीय उत्पादनमा ध्यान दिएका छौँ”, व्यवसायी कार्कीले भन्नुभयो ।

रोचक कुरा के छ भने चितवनस्थित कृषि तथा वन विश्वविद्यालयका अध्यापकले नेपालको हावापानीमा व्यावसायिक अङ्गुर खेती सम्भव नहुने भनेर विद्यार्थी पढाउँदै आएका थिए । धादिङको यो प्रयोग र सफलताले विश्वविद्यालयको त्यो सीमित ज्ञानलाई गलत सावित गरेको छ । अङ्गुर खेतीसम्बन्धी भारतीय विशेषज्ञ सुनिलकृसन सिन्धेले चार वर्षअघि डोल्पामा आएर यहाँको हावापानी, भू–बनोट, माटोसमेत परीक्षण गरेर जम्बो सिडलेक्स नामक कालो अङ्गुर, सोनाका जातको हरियो अङ्गुर र ड्रागन नामक फलको खेती उपयुक्त हुने सुझाएका थिए ।

व्यावसायी कार्कीले विदेशमा अङ्गुर खेती तथा वाइनसम्बन्धी अध्ययनसमेत गरेर नेपालमा मनसुन अगाडि टिप्ने गरी अङ्गुर खेती गर्नुपर्ने पहिचान गराउनुभयो । यी कुराहरू पहिचान भएपछि उद्योगका भिनियार्ड प्रालिका कार्कीले आफ्नो लगानी र व्यावसायिक साझेदारी जुटाउँदै विसं २०७५ मा ध्रुवकुमार खत्री र जनपाल थापासहितको समूह खडा गरी आधुनिक वाइन सेलरको निर्माण गर्नुभयो ।

नेपालमा उत्पादित एक मात्र आफ्नै बगानबाट फलेको अङ्गुरले वाइन र जुस उत्पादन गर्ने नेपालको पहिलो उद्योग भएकाले यसले राष्ट्रिय अर्थतन्त्रमा राम्रो योगदान दिनेमा कार्की विश्वास व्यक्त गर्नुहुन्छ । स्थानीय बजारमा माग बढ्न थालेकाले विदेशी रेड र ह्वाइट वाइनलाई प्रतिस्थापन गर्न आफूहरूको उत्पादन समर्थ हुने कार्कीको भनाइ छ । यी उत्पादनलाई छिमेकी मुलुक भारत, चीन तथा अन्य देशहरूमा निर्यात गर्न सहज हुने ठानिएको छ ।

आगामी पाँच वर्षभित्र वार्षिक तीन लाख बोतल उत्पादन लक्ष्य लिएको सो उद्योगले हाल वार्षिक एक लाख बोतल वाइन उत्पादन गर्छ । उद्योगका साझेदार खत्रीले अङ्गुर खेतीको विस्तारसँगै वाइनको उत्पादन क्रमशः बढ्ने बताउनुभयो । संयुक्त राज्य बेलायतमा काम गरेर स्वदेशमै आर्थिक समृद्धिमा सामेल हुन खत्री र थापा चार वर्षअघि सो उद्योगमा जोडिनुभएको हो ।

व्यावसायका कठिनाइ र सम्भावना
आफ्नो युवावस्थाको लामो समय बलिदान गरी सधैँ स्थलमा खटिनुभएका कार्कीले कतिपय सरकारी नीति अवैज्ञानिक र अव्यावहारिक तथा व्यवहार भएकाप्रति दुःखेसो पोख्नुभयो । नेपाल सरकार, अर्थ मन्त्रालयको अन्तःशुल्क नियमावली, २०७६ ले निर्धारित गरेको नयाँ प्रतिलब्धि दर ताजा फलफूल तथा अङ्गुरबाट वाइन उत्पादन गर्दा प्रतिकेजी फलफूलबाट १२ प्रतिशत अल्कोहलको मात्रा भएको १.५ लिटरका दरले उत्पादन गर्नुपर्ने व्यवस्था गरेको छ । यसले आफ्नो उद्योगलाई प्रत्यक्ष असर परेको भनाइ कार्कीको छ । यस खेतीलाई आवश्यक पर्ने बेर्ना तथा सिफा, छरिसजस्ता सामान विदेशबाट झिकाउँदा कठिनाइ हुने गरेको छ । आवश्यक प्ल्याटिक तथा हेलनेट आयातमा महँगो भन्सार शुल्क लगाइएको छ । समयमा मल उपलब्ध नहुनुजस्ता समस्या पनि देखिएको छ ।

कृषिमा सरकारी अनुदानको चर्चा धेरै भए पनि त्यो त्यति व्यावहारिकरुपमा लागू नभएका उद्योगका सञ्चालकको अनुभव छ । बैंकबाट लिइने कृषि सहुलियत कर्जाको अवधि पाँच वर्ष कायम गरिएको छ, जुन फलफूल खेतीका सन्दर्भमा लागू हुन कठिन हुन्छ । फलफूल रोपिएको तीन–चार वर्षपछि मात्र उत्पादन सुरु हुने र त्यसको आम्दानी त्यतिबेला मात्र प्राप्त हुने हुँदा दोस्रो वर्षदेखि ऋण फिर्ता गर्न असम्भव हुने कार्कीले बताउनुभयो ।

उद्योगले नेपालको हावापानी सुहाउँदो वाइन तथा टेबल अङ्गुर (फ्रेस खान सकिने) को प्रजातिको पहिचान गरी उपयुक्त बाँझो जमिनमा खेतीको विस्तार गर्ने र हावापानी अनुकूल प्रजातिका बेर्ना नर्सरी स्थापना गरी बेर्ना उत्पादन गरेर कृषक तथा व्यवसायीलाई बिक्री वितरण गर्ने योजना लिएको छ । अन्तर्राष्ट्रिय बजारका लागि उच्चस्तरीय तथा अर्गानिक वाइन उत्पादन गरी पर्यटकीय होटल तथा रेस्टुरेन्टका साथै स्थानीय बजारमा बिक्री वितरण र विदेशी वाइन आयात प्रतिस्थापन गर्ने साथै भविष्यमा नेपाली ब्राडिङसहित निर्यात गर्नेसमेत लक्ष्य यो उद्योगले लिएको छ । यस्तै वाइनटुर तथा भाइनयार्ड टुर सञ्चालन गरी रिसोर्टको स्थापनासहित अन्तराष्ट्रिय पर्यटक नेपाल भित्र्याई ग्रामीण क्षेत्रमा रोजगारी वृद्धि गर्ने लक्ष्य त छँदैछ ।

कृषिप्रधान नेपालमा कृषिका साथै उद्योग, पर्यटन र व्यवसायमा प्रत्यक्ष रोजगारी सिर्जना गरी युवाहरूको विदेश पलायनमा न्यूनीकरण, देशको आर्थिक तथा सामाजिकस्तर उन्नतिमा टेवा दिन आफूहरू सक्रिय रहने कार्कीको भनाइ छ । उहाँले नेपाल सरकार, प्रदेश र स्थानीय सरकारलाई विद्यमान समस्याहरू कृषि बेर्ना झिकाउन, कृषि औजार र औषधि आयातमा सहजीकरण गरिदिन तथा उद्योगतर्फ वैज्ञानिक तथा अन्तराष्ट्रिय मापदण्डअनुसार नीति निर्माण र ब्राण्डिङ दर्ता प्रक्रियामा सहजीकरणका लागि आग्रह गर्नुभयो ।

बृहत्त कृषिका लागि जग्गा खरिदमा हदबन्दीको सीमा पनि व्यवसायका लागि अर्को चुनौती बन्ने गरेको छ । हदबन्दी फुकुवा भएर बाँझो सरकारी जग्गा भाडामा उपलब्ध गराउने तथा कृषिको प्रकृतिअनुरुप कृषि ऋणको निर्धारण हुनुपर्ने देखिन्छ । सो समूहले भविष्यमा धादिङमा व्यावसायिक पशुपालन र रिसोर्ट सञ्चालन गर्ने लक्ष्य लिएको छ । सञ्चालक खत्रीले स्थानीय किसानलाई व्यावसायिक अङ्गुर खेतीमा प्रोत्साहन र सीप तथा प्रविधि सहयोगमा पनि आफूहरूले काम गर्ने बताउनुभयो ।

हालसम्मको अध्ययनबाट नेपालमा ४०० देखि एक हजार मिटरसम्मको उचाइमा अङ्गुर खेती उपयुक्त हुने देखिएको छ । विश्वमा १० हजार प्रजातिका अङ्गुर रहेकामा नेपालमा सेतो अङ्गुरतर्फ जर्मनीको सोलासिज र मस्कारिज, ओरिबोन, फ्रान्सको स्याडोनी, रातोतर्फ फ्रान्सको क्याबेनिर, मेर्लोट आदि बढी उपयुुक्त हुने पाइएको छ । सो उद्योगले हाल ४० प्रजातिका अङ्गुर लगाएको छ । पानी वा असिना पर्दा अङ्गुरको बोट र फललाई झार्न सक्ने भएकाले माथिबाट कडा खालको जालीले छोप्नुपर्ने यहाँको सिकाइ देखिन्छ ।

प्रदेश सरकारको सहयोग
स्थानीय रोजगारी वृद्धि र व्यावसायिक खेतीको विस्तारका लागि प्रोत्साहन दिन मेसिन खरिद र नर्सरी निर्माणका लागि बाग्मती प्रदेश सरकारले प्रदेशकै ठूलो फार्मको मान्यतासहित रु एक करोड ५० लाख अनुदानको निर्णय भएकामा नर्सरी शुरु नभएकाले सबै अनुदान प्राप्त भइसकेको छैन । उद्योगमा हाल ५० जना कर्मचारी कार्यरत छन् भने एक किलो अङ्गुरबाट ७५० मिलिलिटर (एक बोत्तल) वाइन उत्पादन हुने गरेको छ ।

बागमती प्रदेश सरकारको कृषि निर्देशनालयबाट प्रोत्साहनस्वरुप पातलेवन मातहतको केवलपुर एग्रो फार्म प्रालिले कृषि अनुदान पाएको थियो । तर कोभिड –१९ का कारणले गर्दा सबै कामहरू सोचेअनुरुप गर्न नसकिएको कार्कीले बताउनुभयो । कर्णाली प्रदेश र त्यहाँ स्थानीय सरकारले पनि वाइन उद्योगलाई सहयोग गर्दै आएका छन् । रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–१२ स्थापना भएको कर्णाली वेभरेज इन्डस्ट्रिज प्रालिले टिमुरको वाइन उत्पादन गर्न थालेको छ ।

उद्योगमा ब्राजिलबाट ल्याइएको रासायनिक पदार्थबाट डिमुरको वाइन तयार पारिएको छ । अहिलेसम्म करिब रु. नौ करोड लगानी भएको उद्योगमा नगरपालिका र प्रदेश सरकारले रु. दुई करोड ४६ लाख लगानी गरेको छ ।

कालो अङ्गुरका फाइदा
त्यसो त हरेक फलफूल स्वास्थ्यका लागि फाइदाजनक नै हुन्छ । कालो अङ्गुरमा भिटामिन, पोटासियम, क्याल्सियम, आइरनजस्ता तत्वहरू भएकाले कालो अङ्गुरको सेवन गर्नु स्वास्थ्यका लागि निकै लाभदायी हुने जानकारहरू बताउँछन् । यस अङ्गुरमा पाइने फ्लेवेनाइड्स तथा एसपिरीनले मानिसलाई हृदयघातबाट बचाउने र शरीरमा रगत जम्नबाट रोक्ने गर्दछ । यसले शरीरमा आएको फोकाफोकीलाई सुकाउँछ भने दैनिकरुपमा कालो अङ्गुरसेवन गरे स्मरण शक्ति बढाउँछ ।

कोलस्ट्रोल नियन्त्रण गरेर मुटुलाई फाइदा पु¥याउन पनि यो उपयोगी हुने चिकित्सकहरूको भनाइ छ । क्यान्सर रोगबाट बचाउन र रुघाखोकी लाग्नबाट पनि यो फाइदाजनक छ। कालो अङ्गुरको नियमित सेवनले यसमा पाइने ग्लुकोजको मात्राले शरीरलाई स्फूर्ति जगाउने, पाचन प्रणालीमा सघाउने तथा आँखा, कपाल र छालाको सौन्दर्यमा समेत सकारात्मक प्रभाव पार्दछ ।-रासस

 

Chitwan Aaja चितवन आज
बिहिबार, असार ०९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
पृथ्वीराजमार्गः आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर खण्ड पूरा
अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार
पुस्तक जलाएको घटनामा छानबिन गरी दोषीउपर कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

ताजा समाचार

सबै

पृथ्वीराजमार्गः आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर खण्ड पूरा

अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

पुस्तक जलाएको घटनामा छानबिन गरी दोषीउपर कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

मुख्यमन्त्री यादवले सार्वजनिक गरे आफ्नो १०० दिनमा गरेका ५१ वटा कामहरु

अफ्रिकन स्वाइन फिभरका कारण चितवनमा १२० वटा बङ्गुर मरे

इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द

जिम्मेवारी थपियो, अब थप शसक्त बन्नेछु : भूमिका श्रेष्ठ

रास्वपाले पाएको ४८ प्रतिशत भोट सम्हालेर ऐतिहासिक बोध गर्नुपर्ने : डा.वाग्ले

नारायणी नदीको कटान रोक्न सुस्ता क्षेत्रमा तटबन्ध निर्माण सुरु

क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य

सर्लाहीमा एक युवकलाई नाङ्गै बनाएर निर्घात कुटपिट : एक जना पक्राउ, अन्यको खोजी जारी

पृथ्वी राजमार्ग विस्तारः अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

चैत ५ गतेदेखि १९ सम्म कसरास्थित विक्रमबाबा पूजा

आइतबारदेखि हराएका आमा छोरीको शव भेटियो, छोरा अझै बेपत्ता

काबुलको अस्पतालमा पाकिस्तानको हवाई आक्रमण, ४०० जनाको मृत्यु भएको दाबी

नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३.
    रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ४.
    यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ५.
    रुस र इरानका राष्ट्रपतिबीच टेलिफोन वार्ता, के भयो छलफल ?

  • ६.
    १ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.