दमौली (तनहुँ),फागुन २५-
समानुपातिकतर्फ तनहुँमा रास्वपा पहिलो दल बनेको छ । आज बिहान सम्पन्न मतपरिणामअनुसार रास्वपाले सबैभन्दा बढी मत प्राप्त गरेको हो । तनहुँमा रास्वपाले ६९ हजार १३२ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।
जिल्ला निर्वाचन अधिकारी विकास लम्सालका अनुसार नेपाली कांग्रेसले २७ हजार ४३९, नेकपा (एमाले) ले १५ हजार ९४०, नेपाली कम्युनिष्ट पार्टीले चार हजार ६४८, राप्रपाले तीन हजार ६७, श्रम संस्कृति पार्टीले दुई हजार ७४२, मङ्गोल नेसनल अर्गनाइजेसनले ७३३ मत प्राप्त गरेको छ ।
त्यसमध्ये तनहुँ क्षेत्र नम्बर १ मा रास्वपाले ३८ हजार ८०७, नेपाली कांग्रेसले १५ हजार १७२, नेकपा (एमाले) ले पाँच हजार ९६०, नेपाली कम्युनिष्ट पार्टीले दुई हजार ८४८, राप्रपाले एक हजार ७७६, श्रम संस्कृति पार्टीले एक हजार ५३२, मङ्गोल नेसनल अर्गनाइजेसनले २६७ मत प्राप्त गरेको छ ।
क्षेत्र नम्बर २ तर्फ रास्वपाले ३० हजार ३२५, नेपाली कांग्रेसले १२ हजार २६७, नेकपा (एमाले) ले नौ हजार ९८०, नेपाली कम्युनिष्ट पार्टीले एक हजार ८००, राप्रपाले एक हजार २९९, श्रम संस्कृति पार्टीले एक हजार २१०, मङ्गोल नेसनल अर्गनाइजेसनले ४६६ मत प्राप्त गरेको छ । रासस








