गुल्मी पुस, १८
गुल्मीको चन्द्रकोट गाउँपालिका–४ फुलबारीस्थित चोरकाटे-शान्तिपुर सडक खण्डमा गएराति ट्याक्टर दुर्घटना हुँदा चालक बालुवामा पुरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
मजुवाबाट शान्तिपुरतर्फ जाँदै गरेको लु २ त ३९३५ नम्बरको ट्याक्टर बिहीबार राति करिब ९ बजे अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खेतमा पल्टिएको थियो ।
दुर्घटनामा परेको ट्याक्टर चालक सत्यवती गाउँपालिका–६ खैरेनी निवासी अन्दाजी २४/२५ वर्षीय सुरज सार्की घटनास्थलमै बालुवाले पुरिएको अवस्थामा फेला परेका हुन् ।
ट्याक्टर मर्मतका लागि निकाल्ने क्रममा बालुवामा पुरिएको अवस्थामा चालकको खुट्टाको भाग देखिएपछि घटनास्थल सुरक्षित गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
घटनाको प्रकृति गम्भीर रहेकाले इलाका प्रहरी कार्यालय रिडी गुल्मीबाट थप प्रहरीको टोली खटिएको छ ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार






