१८ पुष काठमाडौं।
पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएकामा आज दुवै धातुको मोल केही बढेको छ।
आज छापावाल सुन प्रतितोला दुई लाख ६२ हजार ५०० र त्यति नै चाँदीको मोल चार हजार ५२५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बिहीबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० र त्यति नै चाँदीको मोल चार हजार ४१५ कायम भएको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औंस सुन चार हजार ३७२ र त्यति नै चाँदी ७३ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ।






