९ पुस, काठमाडौं ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सकिएको छ ।
केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको आजको बैठक सकिएको र भोलि दिउँसो १ बजे पुन: बस्ने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
बैठकमा महाधिवेशनको कार्यतालिका र क्रियाशील सदस्यताबारे अहिलेसम्म भएको प्रगतिबारे छलफल भएको उनले बताए ।
‘महाधिवेशन कार्यतालिका र क्रियाशील सदस्यताको प्रगति सन्दर्भमा उहाँ (कार्यबाहक सभापति)ले आफ्नो कुरा राख्नुभयो,’ उनले भने ।
बैठकमा सहभागी नेताहरूले अन्य केही विषयमा थप टिप्पणी गर्ने काम भएको र यो क्रम भोलि पनि जारी रहने प्रवक्ता महतले बताए ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार






