Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बुधबार, पुष ०९, २०८२
☰
Logo बुधबार, पुष ०९, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

भ्याली स्टेट कलेजमा वित्तीय साक्षरता तथा आईटी सचेतना कार्यक्रम आयोजना हुँदै

लक्ष्मीवैकुण्ठनाथ मन्दिर एवम् गुरुकुलको साधारण सभा तथा अधिवेशन सम्पन्न

बिबिएस प्रथम वर्षको नतिजामा इन्टरनेशनल कलेज, चितवनबाट सन्जिला विश्वकर्मा भईन् नेपाल तेश्रो र चितवन प्रथम

उदयराज वाग्ले र श्रृद्धि कर्माचार्य बने मास्टर एण्ड मिस अङ्कुरम्

कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण

सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

लोकप्रिय समाचार

  • १. आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

  • २. आज बिहीबार यी राशिहरूका लागि लाभदायक, हेर्नुहोस् राशिफल

  • ३. आज शनिबार कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ४. आज सोमबार नयाँ कार्यको थालनी गर्दै हुनुहुन्छ ? हेर्नुहोस् आजको राशिफल

  • ५. थोक औषधि व्यवसायी संगठन नारायणगढमा नयाँ नेतृत्व, अध्यक्षमा पौडेल

  • ६. आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ७. अर्बिट स्कुल विकाश चोकमा विज्ञान प्रदर्शनी

  • ८. नारायणी अञ्चलका लागि टोयोटा मोटरको आधिकारिक सब डिलर अटोवेज मात्रै हो : कम्पनी

  • ९. लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आरलाई अन्तर्राष्ट्रिय अवार्ड

  • १०. कृषि तथा वन विज्ञान विश्वविद्यालयमा सातदिने शिक्षक क्षमता अभिवृद्धि तालिम सम्पन्न

विषादीको प्रयोगले मानव स्वास्थ्यमा असर

लुम्बिनी, पुस ९ –
कृषि विज्ञान विषयमा अध्ययनरत विद्यार्थी विकास पाण्डेले किसानलाई जैविक विषादी प्रयोग गर्ने विषयमा खोज नै नभएको र यसमा सरकारी निकाय गम्भीर हुनुपर्ने बताउनुभयो । जैविक विषादीका विषयमा किसान जागरुक नहुँदा उपभोक्तालाई यसको प्रत्यक्ष असर परेको र यसबारेमा किसानसँगै उपभोक्तालाई पनि बुझाउन जरुरी रहेको उहाँ बताउनुहुन्छ ।

यस्तै कृषि विषयमा अध्यापन गराउँदै आउनुभएका शिक्षक ज्ञानेन्द्र पौडेल विषादीको बिक्रीवितरण सहज हुने भएकाले खाद्यान्न बेच्ने ठाउँमा समेत यसको बिक्रीवितरण सहजै हुने गरेको बताउनुहुन्छ । उहाँले बजारमा सहजै जैविक वनस्पति विषादी नपाउने र महँगो पर्ने भएकाले कृषि ज्ञान केन्द्रलगायत सरकारका निकायहरूमा सहजता ल्याउनेगरी योजना बनाउनुपर्ने बताउनुभयो ।

रुपन्देही उद्योग सङ्घले बुटवलमा आयोजना गरेको १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ का अवसरमा बुटवलमा मङ्गलबार आयोजित ‘नेपालमा कृषि उत्पादन मानव स्वास्थ्य तथा वातावरणमा किटनाशकको प्रभाव’ विषयक कार्याशाला गोष्ठी सहभागी विभिन्न क्षेत्रका विज्ञहरूले पर्याप्त सूचना अभावमा किसानले किटनाशक विषादीलाई औषधिका रुपमा प्रयोग गरेका कारण मानव स्वास्थ्यमा गम्भीर र घातक रोग निम्त्याए बताएका छन् ।

कृषि उत्पादन बढाउन किसानले अनावश्यक किटनाशक विषादीको प्रयोग र त्यसको नियामक निकाय कमजोर भएकाले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर परेको सरोकारवालाले चिन्तासमेत गरेका छन् ।

कार्यक्रममा कीरा, रोग र झारपातबाट बाली जोगाउन र छोटो समयमै लाभ दिने भए पनि यसको अस्वाभाविक प्रयोगले खतरनाक रोग लाग्न थालेकाले जैविक विषादीको प्रयोगलाई बढाउनुपर्ने सुझाव विभिन्न क्षेत्रका विज्ञहरूको छ ।

कृषि निर्देशनालयका बाली संरक्षक अधिकृत विज्ञ मिलन गैरे मानव स्वास्थ्यमा किटनाशक विषादीको असर अझै संवेदनशील रहेको र यसले खेतमा काम गर्ने किसान, मजदुर तथा उपभोक्ता सबै जोखिममा पर्दै गएको बताउनुभयो ।

“छालामा सिधा सम्पर्क, श्वास फेर्दा वा खानामा रहेको अवशेषका कारण विषादी शरीरमा प्रवेश गर्ने र तत्काल रूपमा टाउको दुख्ने, वाकवाकी लाग्ने, चक्कर आउने, छालामा जलन हुनेजस्ता समस्या देखिन सक्छन्”, उहाँले भन्नुभयो, “दीर्घकालीन रूपमा क्यान्सर, स्नायु प्रणालीमा असर, हर्मोन सन्तुलन बिग्रिनु, प्रजनन क्षमतामा कमी र बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक प्रभाव पर्ने तथ्यहरू विभिन्न अध्ययनले देखाएका छन् । अवशेषयुक्त खाद्यान्नको नियमित सेवनले उपभोक्ताको स्वास्थ्यमा मौन तर गहिरो क्षति पुर्याउने खतरा रहन्छ ।”

कार्यक्रममा कृषि अनुसन्धानकर्ता शारदा पाण्डे परम्परागत किटनाशक सम्बन्धमा अनुसन्धानसहितको धारणा प्रस्तुत गर्नुहँुदै यसले वातावरणीय दृष्टिले किटनाशक औषधिले जैविक सन्तुलनमा ठूलो खलल पुर्याउने गरेको स्पष्ट पार्नुभयो । “माटो, पानी र हावामा मिसिएका रसायनले कीरामात्र होइन, मौरी, चरा, माछा तथा अन्य उपयोगी जीवलाई समेत नष्ट गर्छ । मौरी नष्ट हुँदा परागण प्रक्रिया प्रभावित भई कृषि उत्पादनमा नै दीर्घकालीन नकारात्मक असर पर्छ”, उहाँले भन्नुभयो, “नदी, खोला र भूमिगत पानी प्रदूषित हुँदा मानव र वन्यजन्तु दुवै जोखिममा पर्छन् । माटोमा लामो समयसम्म रहने रसायनले पारिस्थितिक प्रणालीलाई कमजोर बनाउँछ र जैविक विविधता घटाउँछ ।”

राष्ट्रिय गहुँबाली अनुसन्धान भैरहवाका वरिष्ठ अधिकृत खेमराज पन्तले किटनाशक औषधिको प्रयोग पूर्ण रूपमा निषेध नभएर विवेकपूर्ण, सुरक्षित र वैकल्पिक उपायसँग जोडेर प्रयोग गर्नुपर्ने सुझाव दिनुभयो । “एकीकृत कीट व्यवस्थापन, जैविक कृषि, सही मात्रा र सही समयमा प्रयोग तथा किसान र उपभोक्तामा चेतना अभिवृद्धि अहिलेको आवश्यकता हो”, उहाँले भन्नुभयो, “कृषि उत्पादन, मानव स्वास्थ्य र वातावरणबीच सन्तुलन कायम नगरेसम्म किटनाशकबाट हुने लाभ अस्थायीमात्र रहनेछ र त्यसको मूल्य समाजले दीर्घकालसम्म तिर्नुपर्नेछ ।”

कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय उपाध्यक्ष तेजकुमार पाठकले विषादीको व्यापार कम गर्न र उपभोक्ताको सचेतना बढाउने काममा साझेदारी गर्न सबैलाई आग्रह गर्नुभयो । उहाँले उपभोक्ता सचेत नहुँदासम्म यस्ता समस्या अझै बढ्ने बताउँदै नियामक निकायले अनुगमनलाई नियमित रूपमा अघि बढाउनुपर्ने र सबैलाई कर्तव्यबोध गराउनुपर्ने धारणा राख्नुभएको थियो । रासस

Chitwan Aaja चितवन आज
बुधबार, पुष ०९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि फेरि बस्ने
अध्यादेशबाट शासन चलाउनु हानिकारक हुन्छ : अर्थमन्त्री खनाल
कुलमानले भने -चुनावमा जाने बेलामा मन्त्रीबाट राजीनामा दिनेबारे निर्णय गर्छु

ताजा समाचार

सबै

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि फेरि बस्ने

अध्यादेशबाट शासन चलाउनु हानिकारक हुन्छ : अर्थमन्त्री खनाल

कुलमानले भने -चुनावमा जाने बेलामा मन्त्रीबाट राजीनामा दिनेबारे निर्णय गर्छु

सुशीला सरकार भंग गर्न विप्लवको १० दिने अल्टिमेटम

सुन र चाँदीको मुल्यमा लगातार वृद्धि , कतिमा कारोबार हुदैँछ ?

विषादीको प्रयोगले मानव स्वास्थ्यमा असर

दोस्रो सतिसाले गोल्डकपको उपाधि इन्ट्रा पथरी–११ लाई

प्रतिनिधिसभा विघटनविरुद्ध ६८ सांसदको रिटमा आज पेसी

वीरगञ्जबाट पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

दैनिक योगले कसरी हटाउँछ शरीरको थकान र कसिलोपन

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि…

कांग्रेस निर्वाचनमा जान तयार छः नेता डा कोइराला

निर्वाचन सफल बनाउने विषयमा मुख्य दल र सकारबीच समझदारी

चितवन हात्ती तथा पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा

राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

  • २.
    आज बिहीबार यी राशिहरूका लागि लाभदायक, हेर्नुहोस् राशिफल

  • ३.
    आज शनिबार कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ४.
    आज सोमबार नयाँ कार्यको थालनी गर्दै हुनुहुन्छ ? हेर्नुहोस् आजको राशिफल

  • ५.
    थोक औषधि व्यवसायी संगठन नारायणगढमा नयाँ नेतृत्व, अध्यक्षमा पौडेल

  • ६.
    आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech