चितवन, ३ पुसः
युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि. (टोयोटा नेपाल) ले नारायणी अञ्चलका लागि टोयोटा मोटर, स्पेयर पार्ट्स तथा लुब्रिकेन्टको बिक्री–वितरण र सवारी मर्मत सेवाका लागि अटोवेज प्रा.लि. मात्रै आधिकारिक सब–डिलरको रूपमा रहेेेको जनाएको छ।
भरतपुर महानगरपालिका वडा नं. १०, हाकिमचोकमा अवस्थित अटोवेज प्रा.लि. लाई टोयोटा नेपालले उक्त जिम्मेवारी दिएको छ ।
साबिक नारायणी अञ्चलमा टोयोटासम्बन्धी सवारी बिक्री, स्पेयर पार्ट्स तथा मर्मत सेवा लिन उपभोक्ताहरूले यही आधिकारिक सब–डिलरमार्फत सेवा लिनुपर्ने कम्पनीले जनाएको छ।
टोयोटा नेपालले आधिकारिक सब–डिलर बाहेक अन्य व्यक्ति वा संस्थाबाट सामान वा सेवा लिँदा हुने कुनै पनि किसिमको हानि–नोक्सानीप्रति कम्पनी जिम्मेवार नहुने स्पष्ट पारेको छ।
साथै, उपभोक्ताहरूलाई आधिकारिक माध्यमबाट मात्र कारोबार गर्न आग्रह गरिएको छ।








