चितवन, ३ पुसः
चितवनको कटाव दि स्कार्पमेन्टले ‘माया के हो’ को अफिसियल म्युजिक भिडियो सार्वजनिक गर्ने भएको छ । ब्याण्डले आज (बिहीबार) प्याराडाइज क्याफे बिगबजारमा पत्रकार सम्मेलन गर्दै गीतको अफिसियल म्युजिक भिडियो पुष ९ गते २४ डिसेम्बरमा रिलिज हुने जानकारी दिएको हो ।
ब्याण्डले एडम्स लाउन्ज बाह्रघरेमा क्रिसमस इभ आयोजना गरेर गीत प्रिमियर गर्न लागेको हो । सोही दिन युट्युबमा पनि गीत रिलिज हुने ब्याण्ड म्यानेजर अनुपम घिमिरेले जानकारी दिए । एक दशक अघि स्थापित ब्याण्डले यो गीत तयार पारेको ७-८ वर्ष भईसके पनि म्युजिक भिडियो भने हालै मात्र तयार भएको हो ।
विविध कारणले अफिसियल म्युजिक भिडियो निर्माणमा ढिला भएको ब्याण्डका भोकलिस्ट प्रविण लोप्चनले बताए । भिडियोमा कन्टेन्ट क्रियटर सविन मगर र प्रमिशा सिग्देल फिचर्ड छन् । दुबैको यो डेब्यु म्युजिक भिडियो हो । डेब्यु भएकोले उत्साहित रहेको दुबैले बताए ।
अमृत गुरुङले निर्देशन गरेको भिडियोको सह निर्देशक किरण ढकाल हुन् भने सिनेमाटोग्राफर सन्देश मगर र लवसन हुन् । हाई स्टेसनले भिडियो निर्माण गरेको हो । पत्रकार सम्मेलनमा नारायणगढ जेसिस वर्ष २०२६ का अध्यक्ष सन्तोष पण्डितले सफलताको कामना गरे ।






