२ पुस, काठमाडौं ।
बुधबार चाँदीको भाउमा नयाँ रेकर्ड बनेको छ । पहिलो पटक चाँदीको भाउ प्रतितोला ४ हजार नाघेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि चाँदीको भाउ प्रतितोला ४ हजार ५५ रुपैयाँ तोकेको छ । एकैदिन चाँदीको भाउ तोलामा १७० रुपैयाँ बढेको हो ।
अघिल्लो दिन ३ हजार ८८५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो । एक सातामै चाँदीको भाउमा नयाँ रेकर्ड बनेको हो । यसअघि गत बुधबार चाँदी ३ हजार ९०५ रुपैयाँको रेकर्ड बनेको थियो ।
आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २ लाख ५९ हजार रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ५९ हजार ७ सय रुपैयाँ कायम भएको छ । यसअघि सोमबार सुनको भाउ हालसम्मकै उच्च २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको रेकर्ड छ ।






