काठमाडौँ , मंसिर २९-
सुनको मूल्यले सोमबार तोलामा २ लाख ६० हजार रुपैयाँ नाघेको छ।
अघिल्लो दिन तोलामा २ लाख ५८ हजार ८०० रुपैयाँ कायम भएको सुनको मूल्य आज सोमबार २ लाख ६० हजार ७०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । आइतबार तोलामा ३ हजार ८३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर तोलामा ३ हजार ८७० रुपैयाँ पुगेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेकाले स्थानीय बजारमा पनि बढेको हो ।






