Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, माघ ०३, २०८२
☰
Logo शनिबार, माघ ०३, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

भ्याली स्टेट कलेजमा वित्तीय साक्षरता तथा आईटी सचेतना कार्यक्रम आयोजना हुँदै

लक्ष्मीवैकुण्ठनाथ मन्दिर एवम् गुरुकुलको साधारण सभा तथा अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • २. चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

  • ३. भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

  • ४. चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

  • ५. त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

  • ६. नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

  • ७. चितवन कोरिया पुनर्मिलन समाजको अध्यक्षमा दिल कुमार श्रेष्ठ (फोटोफिचर)

  • ८. भारतको हिमाचलमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकै गाउँका ९ नेपालीको मृत्यु

  • ९. सिमलताल तल त्रिशूली किनारमा बसजस्तो देखिने धातु फेला, यकिन गर्न प्रहरी परिचालन

  • १०. बालेनले माघ ५ गते राजीनामा दिने, चुनावी तयारीका लागि झापा जाने

जेनजी आन्दोलनका सहिदः जेनजी सहिद परिवारको माग: दोषीमाथि अविलम्ब कारबाही होस्

नेपालगन्ज, मङसिर ९ –
गत भदौ २४ गते भएको जेनजी प्रदर्शनका क्रममा मृत्यु भएका सहिद परिवारलाई दोषीमाथि कारबाही नहुने हो कि भन्ने चिन्ताले सताउन थालेको छ । प्रदर्शनका क्रममा काठमाडौँमा मृत्युवरण गरेका बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१ को धम्बोजी निवासी सहिद आयुष थापाका परिवारले दोषीमाथि अविलम्ब कारबाहीको माग गरेको छ ।

सहिद आयुष थापाका बुबा ४५ वर्षीय सुशील थापाले भन्नुभयो, “जसले मेरा छोरा लगायतका छोराछोरी माथि गोली हाने त्यसका दोषीलाई छानबिन गरेर कारबाही हुनुपर्छ ।” उहाँले एक मात्र छोराको स्मरण हुँदा आफूलाई एक्लो भएको महसुस हुने गरेको बताउँदै दोषीमाथि कारबाही भए छोराको आत्माले शान्ति पाउने बताउनुभयो । “मेरो छोरो त मैले पाउँदिन तर दोषीमाथि कारबाही भए हामीलाई पनि सन्तोष हुन्थ्यो”, थापाले भन्नुभयो ।

नेपालगन्जको आदर्श कलेजबाट दश जोड दुई पास गर्नुभएका आयुष पढ्नका लागि छिटै फ्रान्स जाने तयारीमा हुनुहुन्थ्यो तर जेनजी प्रदर्शनपछि त्यो सपना मात्रै भयो । थापाले मुलुकमा सुशासन भइदिए हुन्थ्यो भन्ने कुरामा छोराले पहिलेदेखि नै भन्ने गरेको उल्लेख गर्नुभयो । पढाईमा समेत अब्बल रहनुभएका आयुष खेलकुदमा पनि रुची राख्नुहुन्थ्यो । सिधा र शान्त स्वभावका आयुष आफ्नो काममा मात्रै बढी केन्द्रित हुने गरेको बुबाको भनाइ छ ।

आफ्नो छोराको मृत्यु भएको कुरा दोस्रो दिन मात्रै थाहा पाउनुभएका थापाले सुरुमा छोरा अस्पतालको आइसियुमा भएको भन्ने खबर पाउनु भएको थियो । भदौ २४ गते बिहान १० बजे मात्रै छोरोको मृत्यु भएको खबर पाएको बताउनुभयो । “मृत्यु भएको खबर थाहा पाउँदा त म झसङ्गै भए” आयुषका बुबा सुशील थापाले भन्नुभयो । गाउँमा पहिल्यै आयुषको मृत्युको खबर पुगिसकेको रहेछ तर आफूले पछि मात्रै थाहा पाएको उहाँले बताउनुभयो । “मृत्युको खबर थाहा पाउँदा संसार नै अन्धकार भएजस्तो भयो, दिमागले राम्रोसँग काम गरेन” भावुक हुँदै उहाँले भन्नुभयो । अब उहाँसँग सन्तानमा एक छोरी मात्र हुनुहुन्छ ।

आयुषका हजुरबुबा ७२ बर्षीय टोपबहादुर थापाले “दोषीमाथि कारबाही भए यस्ता घटना नदोहोरिन सक्छन्” भन्नुभयो । उहाँले दोषीमाथि कारबाही नभए पुनः यस्ता घटना दोहोरिन सक्ने भन्दै दोषी पत्ता लगाएर सजाय हुनुपर्ने माग गर्नुभयो । “दोषी जोसुकै हुन् मेरा नाति, नातिनालाई गोली हान्नेमाथि छिटोभन्दा छिटो कारबाही हुनुपर्छ” हजुरबुबा थापाले भन्नुभयो ।

सहिद आयुष थापाका मामा अङ्कित थापा सबैभन्दा मिल्ने साथी हुनुहुन्छ । नेपालगन्ज उपमहानगरपालिका–१ धम्बोझी स्थायी घर भएका उहाँ अहिले काठमाडौँको टोखामा बस्नुहुन्छ । मिल्ने साथी हुनुभएका आयुषका मामा अङ्कितले सहिदले गरेको बलिदान खेर जान नहुने धारणा राख्नुभयो । उहाँले अपराधमा संलग्न अपराधीलाई हदैसम्मको कारबाही आवश्यक भएकामा जोड दिदै जेनजी आन्दोलनबाट सबैभन्दा पीडित सहिद परिवार भएको बताउनुभयो ।

मिलनसार स्वभाव भएका सहिद आयुष देशप्रेमी भएको उल्लेख गर्दै उहाँले सुशासनको पक्षमा दृढ रहेको बताउनुभयो । जेनजी आन्दोलनमा सहभागी भइरहँदा आयुषसँग अन्तिममा सुरक्षाका विषयमा कुरा भएको स्मरण गर्दै अङ्कितले भन्नुभयो “कति आमाका एउटा मात्रै छोरा वा छोरी छन्, उहाँले गरेको त्याग खेर जानु हुँदैन ।”

आयुषले विदेशमा गएर पढेर त्यहाँको सीप ल्याएर नेपालमा नै उद्यम गर्ने सपना देखेको उल्लेख गर्दै साथी समेत रहनुभएका मामा अङ्कितले भान्जाले देखेको सपना वास्तविकतामा परिणत हुन नपाएको गुनासो गर्नुभयो । “हामी मामा भान्जा मात्रै थिएनौँ, साथीसाथी पनि हौंँ, सँगै कोठामा बस्थ्यौं र सँगै काम गरिरहेका हुन्थ्यौँ तर अहिले त म एक्लो जस्तै भएको छु” मामा अङ्कितले भन्नुभयो ।

जेनजी प्रदर्शनका क्रममा मृत्युवरण गरेका परिवारलाई सरकारका तर्फबाट किरिया खर्चका लागि रु। पाँच लाख र अन्य रु। १० लाख गरेर रु। १५ लाख प्रदान गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका–१ का वडाध्यक्ष प्रमोद रिजालले आयुष थापा र शुलभराज श्रेष्ठको सम्झनामा सहिद गेट र आयुष सुलभ मार्गका रुपमा सडकको नामाकरण गर्न लागिएको बताउनुभयो । सहिद थापा नेपालगन्ज–१ का रहेकाले वडा कार्यालयले गेट निर्माण र सडकको नामाकरण गर्न लागेको उहाँको भनाइ छ ।

बाँकेको खजुरारोड शिव मन्दिरदेखि आयुषको घर हुँदै विशालनगर चोकसम्मको बाटोलाई आयुष मार्ग नामाकरण गरिने र विशाल चोकमा सहिद गेट निर्माण गरिने तयारी सुरु भएको वडाध्यक्ष रिजालले बताउनुभयो । “वडाबाट निर्णय गरिसकेको छौँ, माघमा रकम रकमान्तर गरेर सहिद गेट र राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने पनि तयारी गर्दैछौँ” उहाँले भन्नुभयो । गेट निर्माण र प्रतियोगिताका लागि करिब रु १५ लाख बजेट आवश्यक हुने उल्लेख गर्दै वडाध्यक्ष रिजालले सो कामबाट जेनजी आन्दोलनका सबै सहिदप्रति सम्मान हुने धारणा व्यक्त गर्नुभयो । जेनजी प्रदर्शनका क्रममा गत भदौ २३ गते प्रहरीको गोली लागेर नेपालगन्ज–१ का आयुश थापा र सुलभ श्रेष्ठको मृत्यु भएको थियो । दुबै जना एउटै वडाका सहिद हुनुहुन्थ्यो । रासस

Chitwan Aaja चितवन आज
मङ्गलबार, मङि्सर ०९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
बर्जु दुर्घटना पीडितपरिवारलाई १२ लाख क्षतिपूर्ति
कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा
WAY ग्रुप नेपाल नवलपुरद्वारा नारायणी नदी सरसफाइ सचेतना अभियान सुरु

ताजा समाचार

सबै

बर्जु दुर्घटना पीडितपरिवारलाई १२ लाख क्षतिपूर्ति

कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा

WAY ग्रुप नेपाल नवलपुरद्वारा नारायणी नदी सरसफाइ सचेतना अभियान सुरु

निर्वाचन आयोगले भन्यो – २१ फागुनको निर्वाचनलाई नयाँ दल दर्ता गर्न सकिंदैन

मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या

शिक्षकलाई स्थानीय भत्ता वितरण

टी-२० विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाई

बडीमालिकामा आफ्नै घरको छतबाट खसेर वृद्धाको मृत्यु

बेनी अस्पतालमा शल्यक्रिया सेवा सुचारु भएपछि जिल्लावासीलाई सहज

गुलशनलाई एस जिको एकवर्षे प्रायोजन

भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

सबै नेता, कार्यकर्तालाई समेटेर अगाडि बढ्छौँ : उपभासपति शर्मा

भरतपुरमा K A I Y I ब्राण्डका गाडी सार्वजनिक हुँदै

निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता

बागमतीबाट १७ खेलाडी काष्ठमाण्डप करातेका लागि छनौट

चितवनमा सितोरियो सोवुकान कराते दिक्षान्त कार्यक्रम सुरु

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • २.
    चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

  • ३.
    भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

  • ४.
    चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

  • ५.
    त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

  • ६.
    नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.