एजेन्सीएजेन्सी
आइतबार दिल्लीको वायु गुणस्तर धेरै खराब श्रेणीमा पुग्यो, एक्यूआई ६२१ मापन गरियो।
दिल्लीका विभिन्न क्षेत्रमा प्रदूषणको स्तर उच्च, आनन्द विहारमा ४१२, अलिपुरमा ४१५ र बवानामा ४३६ एक्यूआई रेकर्ड गरियो।
विज्ञहरूले स्वास्थ्य जोखिम बढ्ने भन्दै घरभित्रै बस्न र मास्क प्रयोग गर्न सुझाव दिएका छन्।
नयाँ दिल्ली । भारतको राजधानी दिल्लीमा आइतबार वायुको गुणस्तर ‘धेरै खराब’ श्रेणीमा पुगेको छ। बिहान ९:४५ बजे दिल्लीको औसत वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) ६२१ रेकर्ड गरिएको छ।
सहरका धेरै क्षेत्रहरूमा प्रदूषणको स्तर अत्यन्त चिन्ताजनक छ । केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार, बिहान ७ बजे नै आनन्द विहारमा एक्यूआई ४१२, अलिपुरमा ४१५ र बवानामा सबैभन्दा उच्च ४३६ रेकर्ड गरिएको थियो।
यसैगरी, चाँदनी चौकमा एक्यूआई ४०९ थियो, जबकि आरके पुरम र पटपडगन्जमा यो क्रमशः ४२२ र ४२५ रेकर्ड भएको थियो। बढ्दो प्रदूषणले गर्दा स्वास्थ्यसम्बन्धी जोखिम बढेको भन्दै विज्ञहरूले मानिसहरूलाई सकेसम्म घरभित्रै बस्न र आवश्यक भएमा मास्क प्रयोग गर्न सुझाव दिएका छन्।
आईक्यू एयरका अनुसार पाकिस्तानको लाहोरमा एक्यूआई ३५८ पुगेको छ भने कुवेतको कुवेत सिटीको वायु गुणस्तर सूचकाङ्क २६९ छ । काठमाडौँ ११५ एक्यूआईसहित सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा १२ औँ स्थानमा छ ।














