काठमाडौं कात्तिक २१ ,
१३ वर्षअघि एक व्यक्तिको हत्या गरेर दुबई पुगेका व्यक्ति इन्टरपोलको सहयोगमा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पर्वतको बेउलीबासका रेशमबहादुर राना छन् । उनलाई इन्टरपोलको सहयोगमा पक्राउ परेर शुक्रबार नेपाल ल्याइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबि नारायण काफ्लेले बताए ।
राना समेत भएको कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत पर्वतको १५ माघ २०६९ को फैसलाले जन्म कैद (२० वर्ष) सजाय ठहर भएको थियो । हत्यापछि भने उनी फरार हुँदै आएका थिए ।
उनको खोजीका लागि अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट १९ जेठ २०८१ मा रेड नोटिस जारी भएको थियो ।
उनलाई सम्बन्धित कसुर बमोजिम कानुनी कारवाहीका लागि पर्वत पठाइएको इन्टरपोल शाखाले बताएको छ














