Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, कार्तिक १५, २०८२
☰
Logo शनिबार, कार्तिक १५, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

बोस्टन कलेजले दियो ४२ लाखबराबरको छात्रवृत्ति, साथै आठ लाख रूपैयाँ बीउपुँजी प्रदान

लोकप्रिय समाचार

  • १. आज सोमबार कुन राशिका लागि आजको दिन शुभ ?हेर्नुस राशिफल

  • २. चितवनका युवा व्यवसायी सिग्देललाई आक्रमण गर्ने तीन जना मुग्लिनबाट पक्राउ

  • ३. कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ४. कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ५. रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि पेसी तोकियो

  • ६. चितवनबाट लमजुङ जाँदैे गरेको माइक्रो तनहुँमा दुर्घटनाः १४ जना घाइते

  • ७. चितवनका युवा व्यवसायी सुलभ सिग्देल माथि आक्रमण

  • ८. केपी ओलीसँगै रमेश लेखकको राहदानी रोक्कामा सर्वोच्चले माग्यो लिखित जवाफ

  • ९. बञ्चरेडाँडामा फोहोर फ्याँक्न नदिएपछि काठमाडौं महानगरले भन्यो- घरमै सुरक्षित राख्नुस्

  • १०. छठको दोस्रो दिन आज ‘खरना’

आज हरि बोधिनी एकादशीः घरमा रोपिएको तुलसीलाई दामोदरसँग विवाह गरिँदै

काठमाडौँ, कात्तिक १५-
वैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गर्दैछन् । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिनमा मनाइने हरि बोधिनी एकादशी पर्व आज तुलसी र दामोदरको विवाह गरी मनाउन लागिएको हो । आसार शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँतिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । हरि शयनीदेखि हरि बोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् ।

विष्णु क्षिर सागरमा सुतेकाले यी चार महिना विवाह ब्रतवन्धजस्ता माङ्गलिककार्य नगरिने परम्परा छ । यस समयमा खोला, नदी नालामा बाढी पहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ । हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ ।

कात्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ । हरिशयनी एकादशीदेखि पूजा गरिएको तुलसीको उद्यापन अग्निस्थापना विधिबाट विशेष पूजा र हवनसहित गरिन्छ । आजदेखि मार्गशीर्ष कृष्ण पञ्चमीसम्म अग्निस्थापना नजुरेका दिनपनि अग्निस्थापना विधिबाट विशेष पूजा र हवन गर्न सकिने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले बताउनुभयो ।

आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिकरूपमा पनि लाभदायक प्रमाणित भएको छ । यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् ।

तुलसीको पात, डाँठ, वा फूलको रस रुघाखोकी र औलो लगायत रोगका लागि औषधि हुन्छ । यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन । तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैन । मठको वरपर वहने हावाले विषालु कीटाणुलाई नष्ट गर्दछ । शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महा औषधि मानिन्छ ।

तुलसीबाट बनेको चिया मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न उपयुक्त मानिन्छ । कात्तिक महिनामा तुलसीको माला लगाउँदा र एक लाख तुलसीपत्र विष्णुलाई अर्पण गर्दा मनोकांक्षा पूरा हुन्छ भन्ने विश्वास छ । गरुड पुराणमा उल्लेख भएअनुसार यस महिनामा एउटा तुलसीपत्र भगवान् विष्णुलाई अर्पण गर्दा १० हजार गाई दान गरे बराबरको फल मिल्दछ ।

आजका दिन भगवान् विष्णुको मूर्तिलाई रथमा राखी यात्रा गराउने प्रचलन पनि छ । रात्रिमा “गोविन्द उठ्नुस् तपाईँ सुते जगत् सुत्छ, तपार्इँ उठे जगत् उठ्छ” भन्दै शङ्ख, घन्ट र ढोल बजाएर विष्णुलाई जगाउने गरिन्छ । यसको प्रतीकका रूपमा मानवका पाँच ज्ञानेन्द्रिय र पाँच कर्मेन्द्रिय एवम् मन गरी एघार वटालाई जित्न उपयोग गरिने शास्त्रीय मान्यता छ ।

किसानले उखुको बोट मठमा गाड्छन् । आजको दिन अन्न खान नहुने भएकाले सखरखन्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार गरिन्छ । यसरी व्रत गरेमा पापको नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ । ठूलो एकादशी पनि भनिने आजको एकादशी व्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता छ ।

कात्तिक महिनामा भगवान् विष्णुलाई भक्तिपूर्वक सम्झी गरिएको स्नान, दान, जप र होमले फल पाइने एवम् सय जन्मका पापबाट मुक्ति मिल्ने प्रसङ्ग विभिन्न ग्रन्थमा वर्णन गरिएको छ ।

आजका दिन धादिङको नीलकण्ठ नगरपालिका वडा ४ स्थित ऐतिहासिक कालिका मन्दिरमा विशेष मेला लाग्ने गर्दछ । यसैगरी काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौँका शेष नारायण र इचँगुनारायण स्थानमा विशेष मेला लाग्दछ । यहाँ जान नसक्नेले काठमाडौँको उत्तरमा रहेका बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ ।

यसैगरी नारायणहिटस्थित चातुव्र्युह नारायणस्थानमा गई पूजा, आराधना एवं दर्शन गर्नाले पनि काठमाडौँ उपत्यकाका चारै नारायणस्थानमा पुगे बराबरको फल पाइने शास्त्रीय मान्यता रहेको मन्दिरका मठाधीश डा राजेश्वरानन्दले जानकारी दिनुभयो । आजै देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ ।रासस

Chitwan Aaja चितवन आज
शनिबार, कार्तिक १५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
नारायणी नदीमा डुबेर एक वृद्धको मृत्यु
सुकेधारामा झलनाथ-घनश्याम समूहको छुट्टै भेला, को को पुगे ?
मेची राजमार्ग अवरुद्ध, चार जिल्लाका यात्री प्रभावित

ताजा समाचार

सबै

नारायणी नदीमा डुबेर एक वृद्धको मृत्यु

सुकेधारामा झलनाथ-घनश्याम समूहको छुट्टै भेला, को को पुगे ?

मेची राजमार्ग अवरुद्ध, चार जिल्लाका यात्री प्रभावित

महाधिवेशन कार्यतालिकाबारे कांग्रेस पदाधिकारी बैठकमा मिलेन कुरा

नारायणीले बगाएका पुरुषको अचेत अवस्थामा उद्दार,भरतपुर अस्पतालमा उपचार हुँदै

सगरमाथा क्षेत्रमा तीन दिनदेखि उडान ठप्प, लुक्ला र नाम्चेमा होटलमा पर्यटक खचाखच

शुक्रबार बिहानदेखि अवरुद्ध जोमसोम—कागबेनी सडक मर्मतपछि सञ्चालन

माडीको रिउ खोलामा घुँगी खोज्न गएका वृद्ध मृत फेला

आज हरि बोधिनी एकादशीः घरमा रोपिएको तुलसीलाई दामोदरसँग विवाह गरिँदै

अझै खुलेन बीपी राजमार्ग, पहिरो र लेदोले सडक अवरुद्ध

निर्वाचन सफल बनाउन सबैको साथ र सहयोग जरुरी हुन्छ: प्रधानमन्त्री कार्की

नारायणी नदी किनारमा खेलकुद महोत्सव : तयारी ८० प्रतिशत पुरा

माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय

मुस्ताङको सरिबुङ पासका १४ पदयात्री सम्पर्कविहीन

मनास्लु क्षेत्रमा एक विदेशी पर्यटक पहिरोमा पुरिइन्

केपी ओलीसँगै रमेश लेखकको राहदानी रोक्कामा सर्वोच्चले माग्यो लिखित जवाफ

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज मंगलबार कुन राशिका लागि शुभ : हेर्नुहोस् राशिफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज सोमबार कुन राशिका लागि आजको दिन शुभ ?हेर्नुस राशिफल

  • २.
    चितवनका युवा व्यवसायी सिग्देललाई आक्रमण गर्ने तीन जना मुग्लिनबाट पक्राउ

  • ३.
    कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ४.
    कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ५.
    रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि पेसी तोकियो

  • ६.
    चितवनबाट लमजुङ जाँदैे गरेको माइक्रो तनहुँमा दुर्घटनाः १४ जना घाइते

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech