काभ्रे, कात्तिक १५-
पहिरो र लेदोको कारण अवरुद्ध बीपी राजमार्ग अझै खुलेको छैन । शुक्रबार बिहान देखि काभ्रेपलाञ्चोक खण्डको विभिन्न स्थानमा पहिरो र लेदोको कारण अवरुद्ध राजमार्ग अझै नखुलेको हो।
पहिरो र लेदोको अवरोधको कारण राजमार्ग अवरुद्ध रहेको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक इश्वर कार्कीले जानकारी दिए । लगातारको बर्षाका कारण बीपी राजमार्ग अन्तरगतको चौकीडाँडा, चारसयबेसीको नाङसाल क्रसर, बोक्सीकुना र माम्तीमा पहिरो खसेर तथा नार्के, पिन्थलीबेशी, विरुवाडाँडा, डालाबेशी लगायतको स्थानमा लेदोको कारण राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो । माम्तीको तल्लो भेगमा गत आसोजमा सड़क बगेर बनेको डाइभर्सनमा लेदो सहितको बाढ़ी पसेको छ ।














