काठमाडौँ, ९ कात्तिकः
सर्वोच्च अदालतले ११ देशका राजदूतहरू फिर्ता गर्नुको कारण पेश गर्न आदेश जारी गरेको छ ।
अदालतले सरकारका नाममा आदेश जारी गर्दै सरकारलाई अदालत उपस्थित भई फिर्ता गर्नुको कारण पेश गर्न आदेश दिएको हो।
न्यायाधीश विनोद शर्माको एकल इजलासले सरकारलाई राजदूत फिर्ताको विषयमा अन्तरिम आदेशबारे सुनुवाइका लागि १४ गते अदालत उपस्थित गराउन आदेश दिएका छन् ।
















