काठमाडौँ, कात्तिक ४ –
प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूसँग संवाद सुरु गरेकी छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार ११ दलका नेताहरूसँग प्रधानमन्त्री कार्कीले संवाद सुरु गरेकी हुन् ।
आफूले कार्यभार सम्हालेपछि पहिलो पटक राजनीतिक दलहरूसँग छलफल गरिरहेकी हुन् ।कार्कीको सचिवालयले राजनीतिक दलहरूसँग निर्वाचनबारे संवाद गरिरहेको जानकारी दिएको छ ।
कार्कीसँग छलफलका लागि विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने १४ दलमध्ये ११ दलका नेता बालुवाटार पुगेका छन् ।