काठमाडौँ असोज २९
बझाङ जिल्लामा बुधबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बझाङको दान्तोला आसपास बुधबार बिहान १ः०८ बजे ४.९ म्याग्निच्युडको भूकम्पकाे महसुस गरिएकाे हाे ।
केन्द्रका अनुसार भूकम्पको झट्का बझाङसहित आसपासका जिल्लासम्म अनुभव गरिएको थियो।
हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको विभागले जनाएको छ।