दोलखा, असोज २१-
दोलखाको लामाबगर-लप्ची सडकको खराने खोला नजिक भीषण पहिरो गएको छ ।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डीएसपी ज्ञान कुमार महतोले लामाबगर-लप्ची जाने बाटोमा भीषण पहिरो गएको जानकारी दिए ।
उनका अनुसार उक्त ठाउँमा मानवीय क्षति नभएको तर हाइड्रो पावरहरू भने रहेको छ ।