१० असोज, काठमाडौं ।
दाङमा कुलोले बगाएर एक जनाको मृत्यु भएको छ ।
घोराही उपमहानगरपलिका-१३ सेवार वनगाउँ बस्ने ७६ वर्षीय सन्तु गिरीको मृत्यु भएको हो ।
गिरीलाई बिहीबार बेलुका बाहुन डाँडा कुलोले बगाएको थियो ।
कुलोले बगाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरीको टोली उनको खोजीमा जुटेको थियो । खोजीको क्रममा उनको शव वनगाउँ चोक नजिकै कुलोमा फेला परेको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार