काठमाडौँ असोज ७ –
एकपछि अर्को गर्दै सुनको मूल्य आकासिएको छ । मंगलबार तोलामा २ लाख २१ हजार रुपैयाँले नाघेको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ ।
अघिल्लो दिन प्रतितोला २ लाख १७ हजार ८०० रुपैयाँ भएको सुनको मूल्य मंगलबार प्रतितोलामा २ लाख २१ हजार ७०० रुपैयाँ पुगेको छ ।
आज कायम भएको सुनको मूल्य हालसम्मकै उच्च हो ।
आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा २ हजार ६६० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर २ हजार ६८० रुपैयाँ पुगेको हो ।
तपाईको पà¥à¤°à¤¤à¤¿à¤•à¥à¤°à¤¿à¤¯à¤¾
समà¥à¤¬à¤¨à¥à¤§à¤¿à¤¤ समाचार






