काठमाडौँ, ६ असोजः
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनीमा परेर गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारलाई थप उपचारका लागि भारत लगिने भएको छ ।
आन्दोलनकारीले निजी निवास डल्लुस्थित घरमा आगजनी गर्दा रवि लक्ष्मी जलनमा परेकी थिइन् ।
सोही दिन उनलाई सैनिक अस्पताल हुँदै कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएको थियो ।
उपचारका क्रममा उनको देब्रे हात काटिए पनि सोचेअनुसार स्वास्थ्यमा सुधार हुन सकेन ।
पछिल्लो समय उनलाई निमोनिया समेत देखिएपछि थप उपचारका लागि भारत लैजान चिकित्सकले समेत सुझाव दिएको बताइएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार