काठमाडौँ असोज ६
मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला नजिकै पहिरोका कारण अहिले एकतर्फी सडक सञ्चालनमा रहेको छ । दुई तर्फी सञ्चालनका लागि पहिरो हटाउने कार्य भइरहेको सडक डिभिजन भरतपुरले जनाएको छ ।
साथै पहिरो हटाउनका लागि १ बजेदेखि ३ बजेसम्म सवारी रोकिएका छन् भने सवारी चालकलाई आफ्नो लेन अनुशासनमा रहन आग्रह गरिएको छ ।
‘मुग्लिन नारायणगढ सडक खण्डको तुइन खोला पुल नजिकै हाल एकतर्फी सञ्चालन भइरहेकोमा पहिरो पूर्ण रूपमा हटाई सडक दुईतर्फी सञ्चालनमा ल्याउनको लागि जिल्ला प्रशासन कार्यालय चितवनको निर्णय अनुसार आज दिउँसो १ बजेदेखि ३ बजेसम्म सवारीसाधनहरू रोकी पहिरो हटाउने कार्य सुचारु भइरहेको जानकारी गराइन्छ,’ सूचनामा भनिएकाे,‘उक्त अवधिभर रोकिने सवारीसाधनहरू आफ्नो लेन अनुशासनमा रहनुहुन समेत अनुरोध गरिन्छ ।