काठमाडौँ, २ असोजः
निवर्तमान प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेपाली सेनाको सुरक्षाबाट बाहिरिएका छन्।
जेनजी प्रदर्शनका क्रममा उनलाई नेपाली सेनाले सुरक्षाका निम्ति नियन्त्रणमा लिएको थियो ।
प्रधानमन्त्री पदबाट राजीनामा दिएर गत २४ भदौदेखि सैनिक ब्यारेकमा बस्दै आएका ओली बाहिर आएका हुन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने सुरक्षा घेरमा नै उपचाररत छन् । आन्दोलनका क्रममा उनीमाथि हातपात भएको थियो ।