३१ भदौ, काठमाडौं ।
प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार छानबिनका लागि छुट्टै आयोग बनाउने जानकारी दिएकी छन् । आन्दोलनको म्याण्डेट नै भएकाले यो आयोग आवश्यक पर्ने उनले उल्लेख गरेकी छन् ।
उक्त आयोगले अनसुन्धान गरेर गरेर अर्को सरकारका लागि सहज हुने आधार तयार गरिदिने उनले बताइन् ।
‘कति भ्रष्टाचार भएको छ । अनियमितिता भएको छ त्यसको अनुसन्धान गरेर भए पनि हामीले कारबाही गर्ने सम्म मात्र पुर्यायौं भने सरकारले काम गर्न सक्छ । तर हामी बाटो चाहिँ बनाउँछौं’ बीबीसी नेपालीलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री कार्कीले भनिन् ।
जेनजी आन्दोलनको दमन जाँचबुझका लागि तीन ससस्यीय आयोग बन्ने जानकारी दिएकी छन् । उनले सुरुमा एक महिनाको समय दिने र नसकिएको अवस्थामा थप १५ दिन समय उपलब्ध गराउने जानकारी दिइन् । मन्त्रिपरिषद्को बैठकले हिजो नै आयोग बनाउने सैद्धान्तिक निर्णय गरेको थियो ।
सरकारको कार्यकाल नै ६ महिनाको भएकाले यो अवधिमा अधिकतम काम गर्ने उद्देश्य रहेको उनले बीबीसीको विशेष अन्तर्वार्तामा बताएकी छन् ।