काठमाडौँ, २६ भदौः
नेपाली सेनाको सुरक्षामा रहेका कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीसहित निवर्तमान मन्त्रिमण्डलका सदस्य र शीर्ष नेताहरू अघोषित नजरबन्दमा परेका छन् ।
उनीहरूको मोबाइल फोन स्वीच अफ गर्न लगाइएको बाहिरबाटै उनीहरूको सम्पर्कमा रहेका दलका नेताहरूको भनाइ छ ।
दिउँसोसम्म सम्पर्कमा रहेका नेताहरूसँग एकाएक सम्पर्क विच्छेद भएको उनीहरूले बताएका छन् ।
अन्योल बढिरहेको बेला शान्ति सुरक्षा कायम गर्न र थप स्थिति बिग्रिन नदिन सेनाले मध्यरातसम्म बोल्ड कदम चाल्ने अनुमान गरिएको छ ।