नवलपरासी, २६ भदौः
स्थानीय प्रशासनले नवलपरासी कारागारबाट बुधबार भागेका कैदीबन्दीलाई अविलम्ब फर्किन निर्देशन दिएको छ ।
जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गर्दै उनीहरूलाई कारागार फर्कन निर्देशन दिएको हो ।
हिजो ५४३ कैदी भागेका जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले केही कैदी फर्कनेक्रम जारी रहेको बताउनुभयो ।
यो समाचार तयार पार्दासम्म पाँच जना कैदी सम्पर्कमा आएका छन् ।