काठमाडौँ, भदौ २४–
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले जेनजीलाई संयमित हुन आग्रह गरेका छन् । केहीबेर अघि एक फेसबुक स्टाटस लेख्दै प्रधानमन्त्रीको राजीनामा आइसकेकाले अब संयमित हुन आग्रह गरेका हुन् । उनले लेखेका छन्ः
हामीले स्पष्ट रूपमा भनेका थियौं । यो नितान्त जेनजीको आन्दोलन हो ।
प्रिय जेनजी, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला !!
देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो ।
तपाईं–हामी अब संयमित हुनु जरुरी छ ।
अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ ।
तयार रहनुहोला १
साथै, सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुनुहोला ।
तर याद रहोस् — वार्ता गर्नु अघि संसद् विघटन भएको हुनु पर्छ ।