१९ भदौ, काठमाडौं ।
नेपाली कांग्रेसका सांसद तथा केन्द्रीय सदस्य उदय शम्शेर राणाले भू-उपयोग ऐन २०७६ र नियमावली २०७९ अनुसार स्थानीय तहमा अनिवार्य रूपमा गर्नुपर्ने नक्सांकन कार्य समयमै सम्पन्न गर्द्द नसकिएको भन्दै समय सीमा थप गर्न सरकारलाई आग्रह गरेका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनका अनुसार हालसम्म देशभरका २१३ स्थानीय तहले मात्र नक्सांकन कार्य पूरा गरेका छन् । विशेषगरी सहरी क्षेत्रमा प्रक्रिया जटिल भएकाले तोकिएको अवधिभित्र काम सम्पन्न गर्न नसकिएको राणाले बताए ।
‘समय सीमा छोटो हुँदा जनतामा जसरी पनि नक्साङ्कन र कित्ता काट गर्नुपर्ने बाध्यता सिर्जना भएको छ। यसले भ्रष्टाचारजन्य गतिविधि बढाउनुका साथै नागरिकलाई समस्या मात्र होइन, राजस्व असुलीमा समेत अवरोध पुगेको छ,’ राणाले सदनमा भने ।
उनले सहज, पारदर्शी र प्रभावकारी ढंगले नक्सा)कन र कित्ता काटको व्यवस्था मिलाउन सरकारले आवश्यक कदम चाल्नुपर्नेमा जोड दिए ।