१२ भदौ, काठमाडौं-
आज बिहीबारदेखि लागु हुने गरी अन्डाको भाउ बढेको छ ।
नेपाल लेयर्स कुखुरापालक संघ सचिव मदन पोखरेलले चितवनबाट लोड भएर देशभरि जाने अन्डाको भाउ प्रतिक्रेट १५ रुपैयाँ बढेको जानकारी दिए ।
मूल्य बढेसँगै ठूलो अन्डाको भाउ प्रतिक्रेट ५ सय ४५ रुपैयाँ पुगेको छ । यसअघि ठूलो अन्डा प्रतिक्रेट ५ सय ३० रुपैयाँ थियो ।
यस्तै मिडियम अन्डाको भाउ प्रतिक्रेट ५ सय ३० रुपैयाँ कायम गरिएको छ । यसअघि प्रतिक्रेट ५ सय १५ रुपैयाँ थियो ।
यस्तै सानो अन्डाको भाउ भने प्रतिपेटी ३ हजार रुपैयाँ तोकिएको छ ।
यसैगरी उपभोक्ता मूल्य पनि निर्धारण गरिएको छ । उपभोक्ताले अब प्रतिगोटा २३ रुपैयाँ र २ गोटाको ४५ रुपैयाँ मूल्य तिर्नुपर्ने छ ।
सचिव पोखरेलले अन्डाको मूल्य बढ्दै जाने बताए । उनले भने, ‘अहिले लागत मूल्य पाए पनि धेरै किसान विस्थापित भइसकेका छन्, हाल कुखुरा पालिरहेका किसानसमेत विगतको नोक्सानका कारण संकटमा छन् ।’