पोखरा, भदौ ८-
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष ज्ञानबहादुर बमजन जिल्ला अदालत कास्कीबाट धरौटीमा छुटेका छन्।
आइतबार कास्की जिल्ला अदालतमा हाजिर भएका बमजनलाई जिल्ला अदालतका न्यायाधीश शंकरकुमार राइको इजलासले १० लाख रुपैया धरौटीमा रिहा गर्न आदेश दिएको हो।
आइतबार नै उनको बयान र थुनछेक बहस भएको थियो। बहस पश्चात १० लाख धरौटी रिहा गर्न आदेश आएको अदालतका स्रेस्तेदार राजन खनालले बताए।
बमजन सूर्यदर्शन सहकारी ठगीको मुख्य योजना एवं ग्यालेक्सी टेलिभिजन चलाउने कम्पनी गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जिबी) राइका जेठान हुन्।