काठमाडौँ भदौ ८
काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर–१ स्थित सुन्दरीजलमा पौडी खेल्ने क्रममा डुबेका एक जना युवक मृत भेटिएका छन् । संखुवासभाको खाँदबारी नगरपालिका वडा नम्बर–११ घर भएर ललितपुर बस्दै आएका २० वर्षीय अभिषेक राईको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए ।
शनिबार साथीहरूसँग पौडी खेल्न गएका उनी डुबेका थिए । सेनाको विपद् व्यवस्थापन गण र प्रहरी प्रभाग सुन्दरीजलबाट खटिएका सुरक्षाकर्मीले आइतबार बोक्सिदह नजिकैबाट उनको शव निकालेका हुन् । शव पोस्टमार्टम गर्न त्रिवि शिक्षण अस्पतालमा पठाइएको एसपी बोहराले जानकारी दिए ।