वालिङ (स्याङ्जा), ७ भदौः
जिल्लाको पुतलीबजार नगरपालिका-९ कोल्मामा आज दिउँसो करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
बिजुलीको पोलमा चढेर इन्टरनेटको काम गर्ने क्रममा रौतहट गुज्रा नगरपालिका-१ रङ्गपुर घर भई हाल पोखरा फाइबर नेटमा काम गर्दै आउनुभएका २५ वर्षीय अरुणकुमार चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रशन्नराज चौधरीले जानकारी दिनुभयो ।
पुतलीबजार-१ ठाडोलाइनमा डेरा गरी बस्दै आउनुभएका चौधरीले नेटको कामका लागि बिजुलीको पोलमा चढ्न आल्मुनियमको भर्याङ अड्याउने क्रममा बिजुलीको तारमा भर्याङले छुँदा घाइते हुनुभएको थियो ।
निजको उपचारका क्रममा मृत्यु भएको जनाउँदै उहाँले घटनाबारे आवश्यक अनुसन्धान थालिएको बताउनुभयो ।
—