काठमाडौं,भदौ ४-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले भैरहवा कारागारमा रहँदा धेरै पीडा पाएको टिप्पणी गरेका छन् ।
उक्त पीडा रविको अनुहारमा प्रस्ट देखिएको र उनको शरीर पनि दुब्लाएको प्रचण्डले बताए ।
नख्खु कारागार पुगेर बुधबार लामिछानेलाई भेटेपछि सञ्चारकर्मीसँग प्रचण्डले भने, भैरहवामा नाजुक अवस्था रहेछ । यहाँ आएपछि सुधार हुँदै छ ।
उहाँ दुब्लाउनुभएको छ, अनुहारमै देखिन्छ । प्रचण्डका अनुसार लामिछानेले भैरहवा कारागारको तुलनामा नख्खुमा अवस्था राम्रो भएको बताएका थिए ।
भेटका क्रममा लामिछानेले सत्ता गठबन्धनका दलहरूले गरेको प्रतिशोधका कारण आफू र रास्वपालाई राजनीतिक फाइदा भएको निष्कर्ष सुनाएका थिए ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार